बाल विवाह विरुद्धको सचेतनामुलक देउडा प्रदर्शनी बुढीगंगा नगरपालिकामा

नजिक न्युज संवाददाता    

बाल विवाह विरुद्धको  सचेतनामुलक देउडा प्रदर्शनी बुढीगंगा नगरपालिकामा

बुढीगंगा नगरपालिका वडा नं ४ को तुड्केचौतारामा बाल विवाह विरुद्ध सचेतना मुलक देउडा प्रदर्शनी गरीएको छ । महिला र पुरुष विच सवाल जवाफ स्वरुपमा सुरुवात भएको देउडा प्रदर्शनीमा बाल विबाहका कारण असर र कानुनी प्रावधानबारे देउडा मार्फत जानकारी दिइएका थियो । बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा नं. ४ की पार्वती थापा तथा मुगु जिल्ला सोरु गाँउपालिका वडा नं ८ रारा निवासी रत्न बहादुर शाहीको नेतृत्वमा बाल विवाह विषयक एउटाको सवाल अर्कोको जवाफ मार्फत बाल विवाहको असर, कारण र कानुनी प्राबधानलाई देउडा मार्फत प्रष्टै राखिएको थियो भने देउडा मार्फत नै बाल विवाह विरुद्धको अभियानमा सबैलाई लाग्न आवाहन पनि गरीएको थियो । देउडा प्रदर्शनीमा वडा अध्यक्ष मिन बहादुर शाहको पनि सहभागिता रहेको थियो । पीसविनको आयोजना, गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग र वडा नं ४ को समन्न्वय र सहकार्यमा प्रदर्शित देउडा सुन्न तथा हेर्न बुढीगंगा गरपालिका वडा नं ४ को साउबाडा, दुगडीबाडा, देनसायल, खोलालबाडा,कोट तथा वडा नं ५ बाट पनि स्थानियहरु सहभागि भएका थिए ।


बुढीगंगा नगरपालिका वडा नं ४ लाई नगर प्रमुख राम बहादुर बानियाले यस अघि नै बाल विवाह मुक्त वडा घोषणा गर्नुभएकाे थियाे । सचेतनाको स्तरलाई अझ प्रभावकारी बनाउन तथा बाल विवाह हुन नदिन वडा कार्यालयको सहकार्यमा  देउडा प्रदर्शनी गरीएको हो । 



आइतबार २८, असोज २०८० ०४:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.