जीवनको लक्ष्य प्राप्तिमा सहजता गर्ने उद्देश्यका साथ १८ बर्ष पुरा भई जीवनको लक्ष्य प्राप्तिमा संघर्ष गरिरहेका १५ जना युवाहरुलाई ६० घण्टे आधारभुत सिप तालिम संञ्चालन भई सम्पन्न भएको छ । २०८० असार २५ गते बाट सुरु भई दिनको ४ घण्टाका दरले संञ्चालन भएको आधारभुत कम्प्युटर सिप विकास तालिम २०८० साउन ८ गते सम्पन्न भएको छ ।
पीसविन नेपाल र गुड नेवर्स इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संञ्चानल गरिएको तालिममा बडिमालिका मल्टि टेक्निकल स्कुलले सहजिकरण गरेको थियो । आधारभुत कम्प्युटर सिप तालिममा सहभागिहरुलाई आधारभुत कम्प्युटर सिपहरु हस्तान्तरण गरिएको थियो । तालिमको समापनमा बोल्दै पीसविन नेपालको अध्यक्ष विमला थापाले बालबालिकाहरुलाई विद्यालय उमेरमा पठनपाठनमा सहजता गर्न नियमित बार्षिक स्टेश्नरी र विद्यालय पोशाक सहयोग गरीएको र सहयोग गरिएका ति बालबालिकाहरलाई नै युवा अवस्थाकाे सुरुवातिमै कम्प्युटर सिप विकास तालिम दिइएको जसले उहाँहरुलाई आउने जीवनमा सहजता हुने अपेक्षा राखिएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस