बाजुरा : मानव सेवा र सुरक्षाका लागि समर्पित नेपाल स्काउट सुदूरपश्मिचले आफ्ना गतिविधी बढाएको छ । विद्यालय स्तरबाटै स्काउट सेवा प्रति सचेत र जिम्मेवार बनाउने लक्ष्य सहीत गतिविधी बढाइएको प्रदेश संयोजक नरेन्द्र थापाले बताएका छन् ।
पछिल्लो समय युवा विद्यार्थीमा दुव्र्यसनीको लत बढीरहेको छ । सत्मार्गमा लैजानु पर्ने चुनौति थपिएकोले स्काउटीङ्गका माध्यमबाटै त्यसको समाधान खोज्ने प्रयास स्वरुप गतिविधी बढाइएको संयोजक थापाले बताएका छन् । स्काउट तालिम र शिक्षा प्रदेशका सबै विद्यालय स्तरमै लैजाने व्यापक तयारी सुदूरपश्चिम स्काउटले गरेको छ ।
यसै महिना भित्र मात्रै एक दर्जन बढी तालिम र प्रशिक्षण तथा दिक्षान्त समारोह सञ्चालन गरिएका छन् । नौ वटै जिल्लाका सबैजसो पालिका स्तरमा कार्यक्रम गरिएको र आगामी वर्षका लागि त्यसलाई थप व्यापक रुपमा अघि बढाउने तयारी प्रदेश समितिले गरेको छ ।
प्रदेश स्तरीय ५७ औं ब्वाइज स्काउट एड्भान्स तालिम २०८० को असार २५ गते मात्रै समापन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले तालिमको समापन गरेका हुन् । तालिम नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा सञ्चालन गरिएको हो ।
असार १९ गते देखि २५ गतेसम्म सञ्चालन गरिएको तालिममा कोर्ष लिडर तथा राष्ट्रिय प्रशिक्षक नवल प्रसाद उपाध्याय, सहायक कोर्ष लिडर, राष्ट्रिय प्रशिक्षक तथा प्रदेश स्काउट सल्लाहकार समिति सदस्य जहर सिंह थापा, काउन्सिलरहरु चेतराज जैशी, पदम सिंह धामी, सुर्य कुमार सुनुवारले गरेका हुन् ।
२८ जना स्काउट मास्टरहरुको सहभागिता तालिममा पुर्व राष्ट्रिय सचिव तथा प्रदेश सल्लाहकार समिति सदस्य चन्द्रकला पन्त, प्रदेश स्काउट तदर्थ समिति सदस्य राज कुमारी महत्तो, खुसरामी चौधरी, पुर्व कैलाली जिल्ला आयुक्त तेजराज पन्त, राष्ट्रिय स्काउट दल अध्यक्ष तथा एडभान्स लिडर प्रेमा जोशी पनि सहभागि थिए ।
प्रदेश प्रमुख देवराज जोशीले स्काउट शिक्षा र सेवा दुबै मानव जीवनका लागि अति आवश्यक र जरुरी विषय भएकोले राज्यले लगानी बढाउनु पर्ने सुझाव दिएका छन् । पछिल्ला स्काउट गतिविधीले सुदूरपश्चिम प्रदेशको स्काउटको वृद्धि, विकास र विस्तार गर्न सहज भएको प्रदेश संयोजक नरेन्दै थापाले बताएका छन् । स्काउट संख्या, सेवा र शिक्षामा समेत विस्तार हुने विश्वास प्रदेश समितिले बताएको छ ।
प्रतिकृया दिनुहोस