बाजुरा : बुढीनन्दा नगरपालिकाले गाउँ तहमा सेवा विस्तारको कामलाई तिब्रता दिएको छ । जनतालाई सहज सेवा उपलब्ध गराउने गरि कृषि र पशु सेवाका सेवा केन्द्र सञ्चालन गरेको केही दिनमै पाण्डुसैन स्वास्थ चौकीमाबाट ल्याब सेवा संचालनमा आएको छ ।
बुढीनन्दा नगर पालिकाका वडा नम्बर ७, ८, ९ र १० लाई लक्षित गरेर स्वास्थ चौकीमा ल्याब सेवा संचालनमा ल्याएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् । सामान्य रगत, पीसाब र खकार चेक गर्न ४ घन्टा हिडेर कोल्टी पुग्नु पर्ने समस्य हटेको बुढीनन्दा नगर पालिका वडा नम्बर आठका स्थानीय धन बहादुर रोकायले बताएका छन् ।
सेवाको नगर प्रमुख जनक कुमार बोहराले उद्घाटन गरेका हुन् । चुनाव ताका बोलेका बाचाहरु विस्तारै पूरा गर्दै गएको बताउदै अझै सुखी र खुसी नगर बनाउन आफू दिन रात नभनी लागि रहेको उद्घाटन कार्यक्रममा नगर प्रमुख बोहराले बताएका छन् ।
पालिकाको ८ नम्बर वडाका अध्यक्ष तथा पाण्डुसैनका अध्यक्ष केशव शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख जनक कुमार बोहरा रहनु भएको थियोे ।
वडा नम्बर तिनका वडा अध्यक्ष तथा प्रबक्ता जङविर रोकाया,वडा नम्बर ६ का वडा अध्यक्ष गजेन्द्र ब शाही ,निमित्त प्रमुख प्रशासकीय अधिकृत शन्तोस ,कार्यपालिका सदस्य जनक भन्डारी ,नेपाली काङ्ग्रेसका युवा नेता शिव बोहोरा,स्वास्थ्य शाखा प्रमुख ओमजङ्ग शाही लगायत अतिथि रहनु भएको कार्यक्रममा स्थानीयको उपस्तिथि रहेको थियो ।
नगर पालिकाको नीति तथा कार्यक्रममा नै ल्याप संचालनमा भनिएको र सोही अनुरुप ल्याप संचालनमा ल्याएको स्वास्थ्य शाखा प्रमुख ओम जङ्ग शाहिले बताउनु भएको छ । दुई जनाल्याब असिस्टेन्ट सहित आज बाट ल्याब सुचारु भएको नगरपालिकाले जानकारी दिएको छ । यस अघि पाण्डुसैनमा नै कृषि र पशु सेवा केन्द्र सञ्चालनमा आएका छन् ।
प्रतिकृया दिनुहोस