बाजुरा : जगन्नाथ गाउँपालिकाले उत्कृष्ट कर्मचारी, विद्यालय र स्वास्थ्य संस्थालाई सम्मान तथा पुरस्कृत गरेको छ । पालिकाले १० जना कर्मचारी, ३ वटा विद्यालय र ३ वटा स्वास्थ्य संस्थालाई सम्मान सहीत पुरस्कृत गरेको हो ।
गाउँपालिकाले आर्थिक २०७९।०८० को नीति तथा कार्यक्रममा गाउँपालिका भित्र उत्कृष्ठ काम गर्ने विद्यालय, स्वास्थ्य संस्था र कर्मचारीहरुलाई पुरस्कृत गर्ने नीति लिएको थियो । सोही नीति अनुरुप नै पालिकाले पुरस्कृत गरेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बहादुर शाहीले बताएका छन् ।
पुरस्कृत हुनेमा विद्यालय तर्फ महाँदेव आधारभुत विद्यालय मनिकाँडा, भवानी आधारभुत विद्यालय पैंगाँउ र धवलपुरा आधारभुत विद्यालय लुमा रहेका छन् । तीन वटै विद्यालयलाई क्रमस १० हजार, ७ हजार र ५ हजार पुरस्कार पनि प्रदान गरिएको छ ।
यसैगरी सामुदायीक स्वास्थ्य इकाई वडा नं ५, हुनीमहती स्वास्थ्य चौकी वडा नं ३ रसामुदायीक स्वास्थ्य इकाई वडा नं ६ डाँडाखर्कलाई सम्मान गरेको छ । राम्रो अंक ल्याउने तीनवटैलाई क्रमश १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार पनि दिइएको छ ।
कर्मचारी तर्फ लेखा अधिकृत दिलिप कुमार शाही, रोजगार संयोजक लक्ष्मण जोशी, इन्जिनियर विनोदकुमार शाही, प्रशासन सहायक राजेन्द्र प्रसाद जोशी, सूचना अधिकृत राजन शाही, सिअहेव सनत कुमार शाही, सेवा निवृत्त शिक्षक छवीलाल बोगटीलाई उत्कृष्ट कर्मचारी सम्मान सहीत ५।५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । अहेव राजेश सार्की , स्टोर सहायक उब्ज सार्की र कार्यालय सहयोगी मिना गिरीलाई पनि सम्मान सहीत ३ हजार पुरस्कार प्रदान गरिएको छ ।
प्रतिकृया दिनुहोस