जीवन उपयोगी सिप विकास तालिमसँगै बालबालिका उत्प्रेरित

नजिक न्युज संवाददाता    

जीवन उपयोगी सिप विकास तालिमसँगै बालबालिका उत्प्रेरित

बालबालिकाहरुको भविष्य सुनिश्चित गर्न तथा जीवनलाई सहि मार्गमा निर्देशित गर्ने उद्देश्यका साथ गुड नेवर्स इन्टरनेशनल नेपाल र पीसविन बालबालिकाको लागि जीवन उपयोगी सिप विकास तालिमहरु संञ्चालन गरी सम्पन्न भएकाे छ । तालिम बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउपालिकाका विभिन्न ठाउमा संञ्चालन गरीएको थियो भने तालिमको सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख ओम कुमारी विक र पीसविन शिक्षा तथा संरक्षण अधिकृत टेक बहादुर थापाले गर्नुभएको तालिममा बालबालिकाहरु जीवनलाई सहि मार्गमा लैजान र जीवनको लक्ष्य प्राप्तिमा  हौसिएका छन् ।


तालिममा सञ्चार र अन्तर‍ व‍ैयक्तिक सीपहरु, आत्म जागरण, अनुभुति, प्रंभावकारी सञ्चार, अन्तर‍ व‍ैयक्तिक सम्बन्धका बारेमा बालबालिकाहरुलाई सहजिकरण गरीएको थियो भने सवेग नियन्त्रण,तनाव व्यबस्थापन लगायत निर्णय गर्ने क्षमता, समस्या समाधान, समालोचनात्मक सोचाई का साथै सिर्जनात्मक सोचाइको बारेमा बालबालिकाहरुलाई उत्प्रेरित गरिएको थियो ।
बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउपालिकाका विभिन्न ५ ओटा ठाउमा संञ्चालन गरिएको तालिममा १२६ जना बालबालिकाहरुलाई बालबालिकाहरुलाई योग र ध्यान बारे पनि जानकारी दिदै प्रयोगात्मक रुपमा योग ध्यान गराई नियमित योग ध्यान गर्न उत्साहित गरिएको थियो ।



सोमबार ११, असार २०८० १०:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.