बाजुरा : त्रिवेणी नगरपालिकाले आगामी वर्षका लागि ४३ करोड ७० लाख ६५ हजार ५ सय रुपैया प्रस्ताव गरेको छ । नगर सभा मार्फत उपप्रमुख कमला कुमारी जैशी न्यौपानेले संघ, प्रदेश र राजस्व मार्फत प्राप्त बजेटलाई आगामी वर्षका लागि बजेट प्रस्ताव गरेकी हुन् ।
पालिकाले आन्तरिक आय ३० लाख, संघिय सरकारको अनुदान ३० करोड ७० लाख, राजीव बाँडफाँड ९ करोड ५५ लाख २ हजार, प्रदेश सरकारको अनुदान २ करोड ८० लाख ६३ हजार, अल्या अनुमानित २८ लाख बजेट अनुमान गरिएको नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् ।
शिक्षा, कृषि र आयआर्जन, स्वास्थ्य र पर्यटन विकासमा बजेट लगानी गर्ने नीति सहीत त्रिवेणीले पालिका स्तरीय विकास सम्मेलन आयोजना गर्ने नीति लिएको छ । पालिकाले पशुपंक्षी तर्फ ८ लाख र कृषि तर्फ १० लाख प्रवद्र्धन मुलक गतिविधीका लागि मात्रै बजेट विनियोजन गरेको छ ।
कन्र्सन बाजुरालाई २ लाख, सरकारले उपलब्ध गराउने बाहेकका औषधी समेत स्वास्थ्य संस्थामा निशुल्क गर्ने गरि १५ लाख बजेट विनियोजन गरेको छ । उद्यमी महिलासँग उपप्रमुख कार्यक्रमका लागि १० लाख बजेट विनियोजन गरेको छ ।
बडीमालिका क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्ने, बडीमालिका जोड्न केबल कारको संभाव्यता अध्ययन गर्ने, नाटेश्वरी र बडीमालिकामा संरचना विकासमा जोड दिने र आन्तरिक पर्यटन विकासलाई जोड दिइ त्रिवेणीको प्रमुख आम्दानीको श्रोत नै पर्यटन विकासलाई बनाउने लक्ष्य लिएको छ ।
नगरले सडक सञ्जाल नजोडिएको ५ नम्बर किम्नीमा यसै वर्ष बाटो निर्माण कार्य सम्पन्न गर्ने र पालिकाका सबै बस्तीमा सहज यातायात सेवा सञ्चालन हुने अवस्थाका सडक मर्मत तथा पुन निर्माण गर्ने नीति लिएको छ । भौतिक पूर्वाधार विकासका योजनालाई दिर्घकालिन विकास र सुविधासँग जोडेर निर्माण गर्ने नीति लिएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाहले बताएका छन् ।
प्रतिकृया दिनुहोस