बाजुराका गाउँ टोलमा वित्तीय साक्षरता बारे ज्ञान दिदैं प्रभु बैंक

नजिक न्युज संवाददाता    

बाजुराका गाउँ टोलमा वित्तीय साक्षरता बारे ज्ञान दिदैं प्रभु बैंक

बाजुरा : प्रभु बैंक बाजुरा शाखाले गाउँ स्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने गरेको छ । वित्तीय कारोबार र बैंकको बारे जानकारी दिन प्रभु बैंक बाजुरा शाखाले साक्षरता कार्यक्रम गाउँमै पुगेर सञ्चालन गर्न थालेको हो । 

बडीमालिका नगरपालिका–३ रजालीको चोयाकोट माविमा वित्तीय साक्षरता सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको बैंकका सहायक प्रवन्धक मेघराज शाहीले बताएका छन् ।

विवेकपूर्ण तरिकाले पैसाको प्रयोग गर्न सक्ने ज्ञान सीप बढाउन, अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य निर्धारण गर्न सिकाउनु, उपयुक्त वित्तीय सेवाहरु छनौट र प्रयोग गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले गाउँमै पुगेर कार्यक्रम सञ्चालन गरिएको शाहीले बताएका छन् । 

बैंक शाखा बाजुराका प्रबन्धक त्यस्तै जनचेतनामुलक कार्यक्रमबाट भविष्यमा आउन सक्ने जोखिमहरुका लागि तयारी वा योजना गर्न सक्ने ज्ञान र सीप प्रदान गर्न, मानिसमा असल वित्तीय व्यवहार विकास हुने विश्वास लिईएको छ । 

बाजुरा शाखा प्रमुख जीवन सिंह सहीतको टोली गएर वित्तिय साक्षर बारे जानकारी गराइएको छ । कार्यक्रममा किशोरकिशोरी तथा युवायुवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउँने बताईएको छ ।

कार्यक्रममा ४० जना भन्दा बढीे सहभागिहरुलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी गरिएको हो । सहभागिहरुलाई वित्तीय बैंक साक्षरता सम्बन्धी प्रभु बैंक जिल्ला शाखा बाजुराका प्रवन्धक जीवन कुमार सिंह, सहायक प्रवन्धक मेघराज शाही लगायतले प्रशिक्षण गरेका थिए ।

यो भन्दा पहिला बाजुराका विभिन्न स्थानमा गएर विद्यार्थी, सहीतको सहभागितामा साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रभु बैंक लिमिटेडले समय–समयमा वित्तीय सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । 



शुक्रबार १९, जेठ २०८० ०७:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.