बाजुरा : बाजुरामा भूकम्प प्रभावित परिवारलाई आवास निमार्णका लागि आवश्यक सामाग्री वितरण गरिएको छ ।भूकम्पमा परि विस्थापित भएका बडीमालिका नगरपालिका र गौमुल गाउँपालकाका २२ परिवारलाई आवासा निर्माणका लागि सामाग्री वितरण गरिएको हो ।
असल छिमेकी नेपाल पोखरा कास्कीको आर्थिक सहयोग तथा आईएनएफ नेपालको सहकार्यमामा बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाको समन्वयमा गत वर्ष माग १० गते र यस वर्षको वैशाख २३ गतेको भूकम्पमा परि प्रभावित भएका २२ परिवारलाई आवास निर्माण सामाग्री वितरण गरिएको आईएनएफ नेपाल बाजुरा शाखा सीसीय परियोजना अधिकृत राजेश राईले बताएका छन् ।
दुई पालिकाका २२ पीडित प्रत्येक परिवारलाई ३० वटा जस्ताका पाता लगायत ९ वटा आवास निर्माण आवश्यक सामाग्री प्रत्येक वडामै पुगेर वितरण गरिएको आईएनएफ नेपाल बाजुराका शाखा सीसीए परियोजनाका साहायक परियोजना अधिकृत इन्द्रबहादुर रोकायाले बताएका छन् ।
बडीमालिका नगरपालिका वडा नं.९ र वडा नं.२ का २ गरि ३ जना र गौमुल गाउँपालिका ६ वटै वडाका १९ जना भूकम्प पीडितलाई आवास निमार्ण सामाग्री वितरण गरिएको साहायक परियोजना अधिकृत गोविन्द बहादुर रावल बताएका छन् ।
भूकम्पले घर चर्किएर बस्ने अवस्थाका नभएपछि छिमेकीकोे घर र त्रिपाल मुनि कष्टकर अवस्थामा बसिरहेका पीडितहरुलाई सुरक्षित आवास निर्माणका लागि सामाग्री वितरण गरिएको रावलको भनाइ छ । आवासा सामाग्री वितरण गरेपछि भूकम्भ प्रभावित परिवार खुसी भएका छन् ।
बडीमालिका नगरपालिका वडा नं.२ जुगाडाकी भूकम्प पीडित महालक्ष्मी हमाले भनिन् भुकम्पले घर चर्किएर बस्ने अवस्थाका छ्रैन् । सुरक्षित बस्नलाई अरुको घरमा बस्ने गरेका थियौं, कहिल्यै काँही त त्यही जोखिम घरमा सुत्ने गथ्यौं । सामाग्री वितरणपछि खुशी हुदै भनिन् अब भने त्या सबै समस्या हट्ने भएको छ ।
सुरक्षित आवास निर्माण्का लागि आवश्यक सामाग्री पाईसकेका छौ । केही दिनमै आवास निर्माण गरेर त्यही बस्ने पीडित हमाले बताएकी छन् । हालसम्म ढुक्कसंग बस्न समेत नपाएका भूकम्प प्रभावित परिवारलाई आवास निर्माणपछि सहज हुने भएको छ ।
आवास निर्माण सामाग्री एक औपाचारिक कार्यक्रमका बिच सम्बन्धित पालिकका जनप्रतिनिधीले हस्तान्त्रण गरेको हो । आईएनएफ नेपालले विगत लामो समयदेखि समुदाय र स्थानीय सरकारलाई विपद् प्रतिकार्य सम्बन्धि तालिम र सामाग्री वितरण गर्दै आईरहेका छ । भने आइएनएफ नेपालले बाजुरा जिल्लाका भूकम्प विस्थापित ३० परिवारलाइ सुरक्षित आवास निर्माण गरिदिएकाे छ । हाल प्रभावित ती सबै परिवार साेही निर्माण आवासमा बसिरहेका छन् ।
प्रतिकृया दिनुहोस