गौमुल गाउँपालिकाले माग्यो आगामीक नीति बजेट तथा कार्यक्रमका लागि सुझाव

नजिक न्युज संवाददाता    

गौमुल गाउँपालिकाले माग्यो आगामीक नीति बजेट तथा कार्यक्रमका लागि सुझाव

बाजुरा : गौमुल गाउँपालिकाले नीति बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ । गाउँपालिकाले आव २०८०÷८१ को नीति बजेट तथा कार्यक्रमका लागि आवश्यक सुझाव माग गरेको प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले बताएका छन् । 

गाउँपालिकाले एक सूचना जारी गर्दै आगामीक आर्थिक वर्षको नीति बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयमा अमुल्य सुझाव माग हो । आगामी आर्थिक वर्षको नीति बजेट तथा कार्यक्रम दीर्घकालीन रुपमा महत्व राख्ने गरि बजेट ल्याउन लागेकोले आआफ्नो सुझाव दिन आग्रह गरिएको छ ।      

सुझावहरु यही जेठ २० गतेभित्र सरोकारवाला, संसस्था, वुद्धिजीवि, विज्ञ, राजनीतिक दल, व्यवसायी, समानसेवी, पेशाकर्मी, सञ्चारकर्मी, तथा आम नागरिकलाई गाउँपालिकाको कार्यालयमा उपलब्ध गराउन भनेको छ । भने गाउँपालिकाको इमेल it[email protected] मार्फत पनि पठाउन सकिने सूचना जारी गरेको छ।



आइतबार १४, जेठ २०८० ०१:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.