बाजुरा : बाजुरा जिल्ला अदालत वार इकाइका अध्यक्ष गगन रावलले जिल्ला वार इकाइ गठनको भ्रामक हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । जिल्ला वारको अध्यक्षका तर्फबाट विज्ञप्ती जारी गर्दै बाजुरा जिल्ला वार इकाइको नयाँ नेतृत्व चयनको भ्रम मात्र भएकोले हल्लाका पछि नलाग्न र विश्वास नगर्न आग्रह गरेका छन् ।
अध्यक्षलाई समेत जानकारी नहुने गरी वार गठनको हल्ला जेष्ठ ८ गते सुनिन आएकोले वार इकाइ बाजुरा नै स्तब्ध बनेको विज्ञप्तीमा उल्लेख छ । ७ जना कानुन व्यवसायी वारका सदस्य रहेकोमा ३ जनाको उपस्थिथि देखाइ अध्यक्ष, उपाध्यक्ष सहीतका बहुमत सदस्यलाई जानकारी समेत नगराएर कानुन सिकाउनेबाटै गैर कानुनी कार्यको गलत प्रचार हुन दुखत विषय रहेको अध्यक्ष गगन रावलले बताएका छन् ।
बाजुरा वारमा लामो समय देखि गगन रावल अध्यक्ष छन् । भने उपाध्यक्षमा जनक कुमार बोहरा, सचिव पुरबहादुर रावत सहीत सदस्य छन् । हाल पुरबहादुर रावत अध्यक्ष, सुकबहादुर थापा उपाध्यक्ष र हर्क खडायत सचिव रहेको समिति गठन गरिएको हल्ला सुनिएकोले हल्लाका पछि नलाग्न आग्रह गरेका छन् ।
यता पुरबहादुर रावतले भने लामो समय एउटै व्यक्तिले होल्ड राखेको र अधिवेशन गर्न समेत वेवास्ता गरेकोले नयाँ वार इकाइ गठन गरिएको दाबी गरेका छन् । मंसिर १०, माग १२, फागुन १४, बैशाख १० र १४ गते तोकिएको मितिमा अध्यक्ष स्वयम उपस्थित नहुने र वारका गतिधिधी नै शुन्य हुने अवस्था आएपछि नयाँ समिति गठन गरिएको दाबी पुरबहादुर रावतको छ ।
हालका अध्यक्ष गगन रावत वार जिल्ला इकाईको संस्थापक हुन् । लालबहादुर थापा संस्थापक अध्यक्ष थिए, भने त्यसपछिको अध्यक्षमा गगन रावल नै रहेका छन् । अध्यक्ष उपाध्यक्ष सहीत बहुमत सदस्य नै नभएको अधिवेशनले नयाँ गठन गर्ने र पुरानो विघटन गरि नयाँ समिति बनाउने दुबै अधिकार नभएको अध्यक्ष गगन रावलको दाबी छ ।
केन्द्रीय बार, जिल्ला अदालत सबैलाई जानकारी गराइसकेको र बाहिर ल्याउदा पनि लाज लाग्ने कुरा भएकोले आफू कानुन कार्यान्वयन गर्नेबाट गैर कानुनी हल्ला गरिएको प्रति दुख लागेको अध्यक्ष रावलको भनाई छ । रावलको विज्ञप्ती पनि सामाजिक सञ्जालमा अधिवक्ताहरुको कर्ममाथि प्रहार र मजाग गर्न थालिएको छ ।
वारका सदस्य एवं नयाँ गठन गरिएको भनिएका समितिका सचिव हर्क खडायतले पनि केही काम नहुने र बैठक नै नबस्ने अवस्था आएपछि नयाँ समिति बनाएको बताएका छन् । बाजुरामा लालबहादुर थापा, गगन रावल, जनक कुमार बोहरा, भीमबहादुर केसी, हर्क खडायत, सुकबहादुर थापा सदस्य छन् । भने तुलाराम जैशीले सदस्यता पाइसकेका छैनन् ।
प्रतिकृया दिनुहोस