पीसविन बाजुराले जिल्लाको खप्तड छेडेदह गाउपालिका र बुढिगंगा नगरपालिकामा रहेका विद्यालायका १४९५ जनालाई लक्षित गरी शैक्षिक सामग्री र पोशाक वितरण कार्य संञ्चालन गरेको छ । गुड नेवर्स ईन्टरनेशनल नेपाल र पीसविन बाजुराको संयुक्त साझेदारीमा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजनाले बुढीगंगा नगरपालिकाका र खप्तड छेडेदहमा १४९५ जना प्रायोजित बालबालिकाहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्रीहरु कापी, कलम, पेन्सिल, सार्पनर, इरेजर, रिफिल, झोला, सुइटर लगाएतका शैक्षिक सामग्री वितरण कार्य सुरु गरीएको गरिएको हो ।
बालबालिकाको शैक्षिक सामाग्रि तथा पोशाकको अभावलाई समाधान गर्न प्रत्येक बर्ष झै यस बर्ष पनि सामाग्री सहयोग गरेको हो । बालबालिकालाई विद्यालयमा नियमितता मार्फत शैक्षिक उपलब्धिमो टेवा गर्न तथा बालबािलकाको शिक्षा अधिकारको सुनिश्चितता तथा प्रत्येक बालबालिकाको शिक्षामा पहुचलाई सुनिश्चित गदै गुणस्तरीय शिक्षाको सुनिश्चितामा सघाउ पुयाउन शैशिक सामाग्री सहयोग गदै आएकोबारे पीसविन शिक्षा तथा बाल संरक्षण अधिकृत टेक बहादुर थापाले बताउनु भयो ।
प्रतिकृया दिनुहोस