बाजुरा : स्वामिकार्तिक खापर गाउँपालिकाले एक वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गरेको छ । पालिका अध्यक्ष भरतबहादुर रोकायाले सामाजिक सञ्जाल मार्फत आफ्नो कार्यकालको एक वर्षसम्म गरेका कामहरुको सूची सार्वजनिक गरेका हुन् । रोकायाले पालिकामा खाद्य र नुन विक्री केन्द्र स्थापना देखि कक्षा १२ सम्म निशुल्क शिक्षा दिने विषयलाई पहिलो उलब्धीको रुपमा राखेका छन् ।
कर्णाली नदी पारि भएकै कारण विकासले विभेदमा परेको र सडक सञ्जालसम्म नजोडिएको पालिकाले वर्षदिनको अवधीमा धेरै राम्रो सुरुवाद र उपलब्धी गरेको रोकायाले बताएका छन् । अभाव, अफ्ठ्यारा र असहजताका बीच पनि जनताको पक्षमा गरिएका कामको उपलब्धी सार्वजनिक गर्दा खुसी लागेको रोकायाले बताएका छन् ।
गाउँपालिकाले पालिका भित्रका सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्म कुनै प्रकारको पनि शुल्क नलिने नीति लिएको छ । राज्यले निशुल्क शिक्षा भनिएपनि विभिन्न बाहनामा सामुदायिक विद्यालयले पैसा असुल्ने कार्य छोडेका छैनन् । तर स्वामिकार्तिक खापर गाउँपालिकाले कुनै किसीमको शुल्न नलिने नीति लिएको छ ।
पालिकाले नेपाल खाद्य र नुन विक्रीका लागि पहिलो पटक विक्री केन्द्र सञ्चालन गरेको छ । सबै स्वास्थ्य संस्थालाई शसक्तिकरण र औषधी अभाव मुक्त संस्थाको रुपमा विकास गर्दै लिएको छ । स्थानीय स्तरमा उत्पादन हुने खाद्यन्न, फलफूल लगायतको बालीको विक्री वितरणका लागि नेपाल खाद्य कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।
पालिकाका ५ वटै वडाका सबै टोलमा आमा समूह बनाएर शसक्तिकरण, जागरण र स्वास्थ्य सुधार तथा परिवारीक योजना बारे छलफल गर्ने अवस्था सिर्जना गरिएको छ । राम्रो नजिता ल्याउने छात्र छात्रालाई हौसला स्वरुप उच्च शिक्षा आर्जका लागि सहयोग गर्ने गरेको छ ।
उत्पादनमा आधारित कृषि पेन्सन कार्यक्रम लागू गरिएको छ । भने कुपोषणको प्रमुख समस्या भोगेको पालिकामा थप परियोजना र दाता निकायसँग कामका लागि सहकार्य सुरु गरिएको छ । युनिसेफ, एडीबी र जिआइजेटले परियोजना विस्तार गरेको अवस्था छ ।
साइन नेपाल, किडाक, गिफ्ट नेपाल, पोषण कृषी क्षेत्रका परियोजना पनि पालिकामा सुरु गरिएको छ । सबै वडामा सहज बाटो र गाउँमै स्वास्थ्य संस्था नीति लिएको पालिकाले कर्णाली नदी पार गर्न यसैवर्षबाट पक्की पुल निर्माणको काम अघि बढाउने भएपछि त्यसलाई थप उपलब्धी मानेको छ ।
एक वर्षमा सुरुवाद गरिएको र केही उपलब्धी देखाउन सकिएका कामले थप हौसला मिलेकोले आगामी चार वर्ष थप जनताको पक्षमा काम गर्ने बाचा गरेका छन् । स्वामिकात्र्तिक आपर गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुबै जना नेपाली काँग्रेसले जितेको छ ।
प्रतिकृया दिनुहोस