समाज सुधार युवा क्लबले गर्यो मार्तडीमा पुस्तकालय स्थापना

नजिक न्युज संवाददाता    

समाज सुधार युवा क्लबले गर्यो मार्तडीमा पुस्तकालय स्थापना

बाजुरा : समाज सुधार युवा क्लबले मार्तडीमा पुस्तकालय स्थापना गरेको छ । समाज सेवा र सामाजिक रुपान्तरणमा लागि परेको क्लबले युवा पुस्ताको ज्ञान सीप र क्षमता विकासमा योगदान गर्न पुस्तकालय सञ्चालन गरेको हो ।

क्लबकै स्वामित्व रहने गरी पुस्तकालय स्थापना गरिएको क्बलका अध्यक्ष प्रेम नेपालीले बताएका छन् । पुस्तकालयको बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्काले औपचारिक उद्घाटन गरेका छन् । पुस्तकाल संगै कम्प्युटर ल्याव पनि सञ्चालन गरिएको छ ।

युवा पुस्ताको सामाजिक सञ्जालमा झुण्डीरहने बानी हटाएर पढ्न बानीको विकास गर्ने उदेश्य राखेर बडीमालिका नगरपालिकासँगको सहकार्यमा पुस्तकालय र कम्प्यूटर ल्याव सञ्चालन गरिएको छ । 

काठमान्डौँ युरेका लियो क्ल्बले पुस्तकाल र कम्युटर ल्यावको स्थापनाका सहयोग गरेको हो । लियो क्लबले करिब ४ हजार पीस पुस्तक, ४ वटा कम्प्युटर र २ ल्यापटप समेत सहयोग गरेको छ । लियो क्लबका पदाधिकारी नै बाजुरा आएर किताबहरु सहयोग गरेका छन् ।

मार्तडीमा आवश्यक पुस्तक पढ्न मिल्ने पुस्तकालयको कमी छ । त्यसको रिक्तता पूर्ति र नयाँ किताबको भण्डारका रुपमा पुस्तकालयलाई विकास गर्न नगर प्रमुख अमर खड्काले सुझाव दिएका छन् ।

उद्घाटन समारोहमा बडीमालिकाकन नगर उपप्रमुख नन्दा थापा, गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, नेकपा एमाले बुढीगंगा नगरकमिटी अध्यक्ष एवम् नेपाल स्काउटका सुदुरपश्चिम् प्रदेश अध्यक्ष नरेन्द्र थापा, बडिमालिका ७ का अध्यक्ष धर्मराज पाध्याय, ८ का अध्यक्ष चन्द्र थापा, ९ का वडा अध्यक्ष सुर्यकिरण बिक, .२ का वडा अध्यक्ष डम्मर महत, सामुदायिक सेवा केन्द्रका जिल्ला अध्यक्ष काल्चे दमाई लगायत सहभागि थिए ।

यस्तै केपी बा स्पाट क्लबका अध्यक्ष एवम् बिद्यार्थी नेता लक्ष्मण रोकाया, युरिका लियो क्लब काठमाडौँका जिल्ला अध्यक्ष युवराज पराजुली, लक्ष्मण रोकाया, अन्य प्रतिनिधि ऋचा काफ्ले, निर्मल राज शाही, अनिशा कार्की, आशिर्वाद गौतम सहीत सहभागि थिए ।

 



शनिबार ०६, जेठ २०८० ०९:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.