बाजुरा : पेशागत महासंघ नेपाल बाजुराको अध्यक्षमा खडक शाह चयन भएका छन् । महासंघको चौथो जिल्ला अधिवेशनबाट खडक शाह सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । शाह सहित सिंगो जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो ।
नेकपा एमाले निकटका विभिन्न पेशा व्यवसाय र संगठनमा आवद्धहरुको पेशागत संगठनका रुपमा रहेको महासंघका २६ वटा घटकहरुका प्रतिनिधीको सहभागि रहने गरेको छ । समितिमा पनिसबै क्षेत्रको प्रतिनिधीत्व हुने गरी पदाधिकारी तथा सदस्य चयन गरिएको निवर्तमान अध्यक्ष कृष्ण नाथ योगीले बताएका छन् ।
नेकपा एमाले पार्टी कार्यालयमा आयोजना गरिएको जिल्ला अधिवेशनबाट उपाध्यक्षमा भावना बोहरा र गोकर्ण रेग्मी, सचिव रूपक रौले सहसचिवमा रामचन्द्र पाण्डे कोषाध्यक्षमा माया खड्का चयन भएका छन् । त्यस्तै सदस्यमा पश्चिमा रावल, सरिता दास नेपाली, रणबहादुर थापा र प्रमित विक सहित ११ सदस्यीय समिति चयन गरिएको छ ।
कृष्ण नाथको अध्यक्षतामा सुरू भएको अधिवेशनको प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिव भरत थापा रहेका थिए । भने कार्यक्रममा पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य खम्विर बुढा, नेपाल निजामति कर्मचारी संगठन जिल्ला अध्यक्ष पुर्णन्द्र जैशी, निजामति शिक्षक संगठनका अध्यक्ष रामबहादुर रावल, प्रेस चौतारी नेपालका सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली, निजामति कर्मचारी संगठन प्रदेश सदस्य दिपसिह भण्डारी लगाएका अतिथिहरू रहेका थिए ।
नवनिर्वाचित अध्यक्ष खडक शाहले पेशागत महासंघलाई केही फरक कामका साथ स्थापित गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन् । पार्टी सचिव भरत थापाले पेशागत महासंघका अरु संगठनलाई समेत समन्वय र सहकार्यमा राखेर काम गर्नु पर्ने र पार्टी संगठनलाई थप बलियो बनाउन योगदान गर्नु पर्ने सुझाव दिएका छन् ।
प्रतिकृया दिनुहोस