बाजुरा : बुढीनन्दा नगरपालिका पाण्डुसैनमा विभिन्न शाखा स्थापना गरिएको छ । नगरपालिकाले साविकको पाण्डुसैन गाविकासका सबै वडालाई सेवा दिने उद्देश्य सहीत शाखाहरु स्थापना गरिएको हो ।
बुढीनन्दा नगरपालिकाका ७, ८, ९ र १० नम्बर वडालाई लक्षित गर्दै विच केन्द्र पाण्डुसैनमा पशु सेवा केन्द्र, आयुवेर्दिक शाखा र वडा नं.८ मा कृषि शाखा स्थापना गरि सेवा सञ्चालनमा ल्याईएको बुढीनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।
सेवालाई सहज सुर्लभ उपलब्ध गर्ने लक्ष्य सहीत चार वटा वडाका स्थानीयको पायक पर्ने ठाउँमा शाखाहरु स्थापना गरिएको उनले बताए । सामान्य कामकाजका लागि पनि घण्टौ हिडेर कोल्टी जानुपर्ने बाध्यता हटाउन वडामै शाखा कार्यालय स्थापना गरि सेवा सञ्चालनमा ल्याईएको नगर प्रमुख बोहराले बताएका छन् ।
गाउँमै आवश्यक विभिन्न कार्यालय स्थापना भई सेवा सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् । कृषि सामाग्री, वीउ र पशुचौपायमा लाग्ने रोगको औषधिका लागि कोल्टी धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । चार वटा वडाका स्थानीय आयुर्वेदिकबाट लिइने सेवाका लागि समेत महङ्गो भाडा तिरेर कोल्टी बजार जाने गर्थे । तर त्या बाध्यता भने नगरपालिकाले हटाएको छ ।
सबै वडाको पायक पर्ने स्थान पाण्डुसैनमा अयुर्वेदिक कार्यालय स्थापनासंगै सेवा सुचारु भएपछि उपचारमा सहजता हुने त्यहाँका स्थानीयले बताएका छन् । सबै शाखा कार्यालयको विहीबार एक औपचारिक कार्यक्रमकाबीच नगर प्रमुख जनक कुमार बोहराले उद्घाटन गर्नु भएको हो ।
त्यस्तै पाण्डुसैन स्वास्थ्य शाखामा ल्याप सेवा पनि सञ्चालन गर्ने तयारी रहेको बताईएको छ । पछिल्लो समय बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधी जनताका काममा बेस्त रहेका छन् । गाउँ–गाउँमै पुगेर समस्याको पहिचान गरि एकपछि अर्को गर्दै समाधान गर्दै आएका छन् ।
जनप्रतिनिधी दुर्गम गाउँका नागरिकका आधारभूत आवश्यकतालाई मध्येनजर गर्दै विभिन्न सेवा विस्तारमा लागि परेका छन् । निर्वाचित भएको एक वर्षको अवधिमै जनप्रतिनिधीले उदाहरणीय काम गरेको त्यहाँका स्थानीयले बताउने गरेका छन् । बुढीनन्दा नगरपालिका नगर प्रमुख जनककुमार बोहरा यतिबेला गाउँमा नागरिकसंग बेस्त देखिन्छन् । बोहरा गाउँमै पुगेर जनगुनास सुन्ने र समस्या पहिचान गरि समाधान गर्न तर्फ लागेका छन् ।
सेवा सुविधाबाट बञ्चित, गरिबी, भोकमरी, बेरोजागरी र उपचार नपाएर अकाल्मै ज्यान गुमाउने जिल्लाका रुपमा चिनिने बाजुरालाई बदल्न सबैले सक्रिय रुपमा लाग्नुपर्ने उनकोे बुझाई छ । सोही बुझाईलाई आत्मसाथ गर्दै नगरपालिका भित्रका विभिन्न समस्या समाधान गर्न लागि रहेको नगर प्रमुख बोहराले बताएका छन् ।
बुढीनन्दा नगरपालिकामा सेवा लिन असहज सबै वडामा विभिन्न शाखा स्थापना गरि आवश्यक जनशक्तिको व्यवस्थापन सहीत सेवा सञ्चालन ल्याउने क्रम जारि रहेको छ । भने विभिन्न समस्याले उपचार बाट बञ्चित भएका नागरिकलाई लक्षित गर्दै समय समयमा गाउँमै विशेषज्ञ डाक्टर सहीतको निःशुलक स्वास्थ्य शिविर सञ्चालन गरि उपचार र स्वास्थ्य परीक्षण गरिदै आएको छ ।
बुढीनन्दा नगरपालिका नागरिकलाई गुणस्तरीय र सहज सेवा उपलब्ध गराउन प्रतिवद्ध भएर लागि रहेको छ । दुर्गमका नागरिकका पीडा र समस्यालाई निर्मुल पार्न नगरपालिकाले कार्यविधी बनाएर कार्यान्वयन गरिरहेको देखिएको छ ।
प्रतिकृया दिनुहोस