जगन्नाथ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष ऐन गिरीको मृत्यु, एमालेद्धारा दुख व्यक्त

नजिक न्युज संवाददाता    

जगन्नाथ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष ऐन गिरीको मृत्यु, एमालेद्धारा दुख व्यक्त

बाजुरा : जगन्नाथ गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष ऐना गिरीको मृत्यु भएको छ । मस्तिष्कघातका कारण गिरीको ५५ वर्षको उमेरमा मृत्यु भएको हो । एकाएक मस्तिष्कघात भएपछि आफन्तले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुर्याएका थिए । 

कोल्टीमा सिटि स्क्यानको सुविधा नभएपछि गिरीलाई रिफर गरिएको थियो । नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेकी गिरीको रिफर गरिएको केही घण्टामै गिरीको डोटीको साझघाटमा मृत्यु भएको आफन्तले बताएका छन् । गिरी प्राथमिक स्वास्थ्य केन्द्र पुर्यादा  विहोस अवस्थामा थिइन् । कोल्टीमा विमान नआएपछि सडक मार्गबाट गिरीको धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । 

बाजुरामै गर्न सक्ने अवस्था नरहेपछि रिफर गरिएको हो, अवस्था निकै जटिल भएपछि मात्रै हाम्रो सम्पर्कमा आएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले बताएको छ । कोल्टीमा हाल एक जना एमडी, एक जना स्त्रीरोग विषशेज्ञ र २ जना मेडिकल अधिकृत छन् । 

सिटी स्क्यान नगरी कुनै उपचार गर्न नमिल्ने र हाम्रो तर्फबाट गर्न नसकिने अवस्था भएकोले तत्काल रिफर गरेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा कार्यरत डाक्टर प्रतिक न्यौपानेले बताएका छन् । कोल्टी विमान स्थलमा चारदिन यता कुनै विमान आएका छैनन् ।

थप आम्दानी हुने भएपछि सबै विमान कम्पनी पूर्वतिर नै चलिरहेको बुझिएको छ । समिट एयरको विमान आउनु पर्ने हो, त्यो पनि आएन्, नआउनुको कारण थाह नभएपनि चार दिन यता कुनै विमानले कोल्टीमा उडान नभरहेको विमान स्थल प्रमुख श्रीकृष्ण रिजालले बताएका छन् । फाइदा हेरेर मात्रै उडाउने गरेको आरोप स्थानीयको छ । 

कोल्टी क्षेत्रका स्थानीयका लागि आपतकालिन विकल्प हवाई सेवा मात्रै हो । तयही हवाई सेवा नियमित नभएपछि सर्वसाधारणले अकालमै ज्यान गुमाउनु परेको स्थानीय समेत रहेको नेकपा एमाले नेता जनक कुमार विष्टले बताएका छन् । हवाइ सेवा नियमित नभएकै कारण कोल्टीमा तीन दिनको अवधीमा दुई जनाले ज्यान गुमाउनु परेको छ । 

२०७४ सालको स्थानीय चुनावमा उपाध्यक्ष जितेकी गिरी लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय छन् । गिरीको निधन प्रति नेकपा एमालेले दुख व्यक्त गरेको छ । शोक वक्तव्य जारी गर्दै एमाले सचिव भरत थापाले एक अभिभावक गुमाएको उल्लेख गरेका छन् ।

पार्टीको इमान्दार नेता र अभिभावक गुमाउँदा सिंगो पार्टी जीवनलाई अतुलनिय क्षति पुगेको शोक वक्तव्यमा लेखिएको छ । अल्पआयुमै आकस्मीक मृत्युको खबरले स्तब्ध बनेका आफन्त र पार्टी नेता कार्यकर्ताले सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गरेको छ । गिरीका श्रीमान र २ छोरा छन् । 



शनिबार ०६, जेठ २०८० ०५:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.