अनेरास्ववियुको ५९ औं स्थापन दिवसको अवसरमा बाजुरामा वक्तित्वकला

नजिक न्युज संवाददाता    

अनेरास्ववियुको ५९ औं स्थापन दिवसको अवसरमा बाजुरामा वक्तित्वकला

बाजुरा : बाजुरामा अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियनको ५९ औँ स्थापान दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । आज अनेरास्ववियुले स्थापना दिवसको अवसरमा बाजुरा क्याम्पसका विद्यार्थीबीच वक्तित्वकला र साँस्कृतिक कार्यक्रमको आयोजाना गरि मनाएको हो ।

अनेरास्वविय बाजुरा क्याम्पस कमिटीले स्वदेशी उत्पादनमा हाम्रो आत्मसम्मान भन्ने शिर्षकमा विद्यार्थीबीच वक्तित्वकला प्रतियोगिता गरिएको क्याम्पस कमिटी अध्यक्ष लक्ष्मण रोकायो बताएका छन् । 

वक्तित्वकला बाजुरा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुबीच मात्र प्रतिस्पर्धा भएको हो । ६ जना विद्यार्थीले भाग लिएको प्रतियोगितामा प्रथम नरेन्द्र विक, द्धितीय महेश नेपाली र तृतिय पुष्प उपाध्याय भएका छन् ।

प्रतियोगितामा विजेतालाई नगद सहीत प्रमाण पत्र प्रदान गरिएको छ । जसमा प्रथमले ३ हजार नगद सहीत प्रमाण पत्र, दोस्रोले २ हजार नगद प्रमाण पत्र र तेस्रो १ हजार नगद सहीत प्रमाण पत्र प्राप्त गरेका छन् । बाजुरा क्याम्पसमा मनाएको दिवसमा साँस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको थियो । 

त्यस्तै दिवसकै अवसरमा बडीमालिका मन्दिर तथा बजार क्षेत्रको सरसफाई समेत गरिएको अनेरास्ववियु नेता प्रेम नेपालीले बताएका छन् । मन्दिर वरिपरी घर तथा होटेल पसलबाट निस्किएको फोरजन्य बस्तुलाई संकलन गरि जलाएर नष्ट गरिएको उहाँले बताए ।

अनेरास्ववियु बाजुरा क्याम्पस कमिटी अध्यक्ष लक्ष्मण रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिव भरत थापा रहनुभएको थियो । भने विशिष्ट अतिथिमा नेकपा एमाले जिल्ला कमिटी सदस्य नन्दा थापा, बाजुरा क्याम्पस प्रमुख सुरेश पण्डित, सचिव प्रकाश खड्का रहेका थिए ।

अनेरास्ववियु जिल्ला कमिटी सहसचिव प्रेम नेपालीले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेविसंघ जिल्ला सभापति जनक थापा, अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष दिलबहादुर (थापा) भोटे, युवा संघ जिल्ला अध्यक्ष मिलन अयडी लगायत विद्यार्थी नेताहरुको बाक्लो सहभागिता रहेको थियो । 



सोमबार ०१, जेठ २०८० ०४:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.