गौमुलमा घटाल आधारभूत विद्यालयको आठ कोठे भवन भत्कियो, पठनपाठनमा समस्या

नजिक न्युज संवाददाता    

गौमुलमा घटाल आधारभूत विद्यालयको आठ कोठे भवन भत्कियो, पठनपाठनमा समस्या

बाजुरा : गौमुल गाउँपालिकामा घटाल आधारभूत विद्यालयको भवन भत्किएको छ । सोही पालिकाको वडा नं.६ मा रहेको विद्यालयको भवन भुकम्पको धक्काले  भत्किएकाे हो । 

विद्यालयको भवन गत वर्ष माग १० गते आएको भुकम्पले चर्किएर जीर्ण बनेको थियो । चर्किर भत्किने अवस्थामा रहेको भवन शनिबार दिउँसो गएको भुकम्पले पूर्ण रुपमा भत्काएको विद्यालयका प्रधानाध्यापक हर्कबहादुर थापाले बताएका छन् ।

विद्यालयको भवन भत्किएपछि पठनपाठनमा समस्या भएको छ । हाल विद्यार्थी खुला चौरमा बसेर अध्ययन गरिरहेका छन् । करिब २ सय जना विद्यार्थी अध्ययनरत विद्यालयको आठ कोठे भवन भत्किएपछि पठनपाठनमा निकै समस्या भएको शिक्षकहरुले बताएका छन् ।

जस्ताको पाताले छाएको दुई तले भवनको वाल भत्किएको छ । शिक्षिका कल्पना थापाले भनिन् आजभोली मौसम अनुकूल छ । मौसम सफा भएको दिन चौरमा बसालेर पढाउने गरेका छौ, वर्षाद भएको दिन त भत्किएकै कोठामा पठनपाठन गर्नुपर्ने बाध्यता रहेको छ ।   

विद्यार्थी भवन भत्किएपछि त्रसित बनेका छन् । हावाहुरी चलेपनि निकै डर लाग्न थालेको विद्यार्थी योगेश थापाले बताएका छन् । बर्खे सिजन लाग्न करिब एक महिना मात्र बाकी छ । यही समयमा विद्यालयको भवन भत्किएर बस्नै नमिल्ले अवस्थाको  भएपछि बालबालिकाहरुलाई कहाँ राखेर पढाउने हो, भनेर विद्यालय परिवार चिन्तित बनेको छ । 

विद्यालयको भवन भत्किएपछि विद्यालय सञ्चालनमा चुनौति देखिएको छ । भने भवन अभावले नियमित पठनपाठन समेत प्रभावित बनेको छ । भवन भत्किएको भन्ने खबर पाउने वित्तिक गौमुल गाउँपालिका कार्यवाहक अध्यक्ष प्रकाश बहादुर रोकायाले भत्किएको भवनको अनुगमन गरेका छन् । 

अगुगमनका क्रममा उनले विद्यालयको आठ कोठे भवनको वाल भत्किेर बस्ने अवस्थाको नरहेको बताएका छन् । भवन भत्किएको तत्काल प्रहरी मुचुल्का सहीत सम्बन्धित निकाय समक्ष पहल गर्ने बताएका छन् । 

विद्यार्थीको पढाई प्रभावितसंगै बालबालिकालाई अध्ययन गर्न निकै कठिनाई हुने बताउँदै रोकायाले पठनपाठनमा सहज बनाउन छिट्टै पालिकाबाट हुने सहयोग सहीत प्रदेश, केन्द्र सरकार लगायत सहयोगि निकायसंग समन्वय तथा पहल गरिने बताए ।



सोमबार २५, बैशाख २०८० ०२:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.