बार्जु महोत्सवको चौथो दिन चर्चित बाल गायक सुप्रिम मल्लको गीतमा झुमे दर्शक

बाजुरा समृद्धिका सम्भावना, अवसर र चुनौतिका विषयमा संवाद, भाेली चक्र बमकाे प्रस्तुती रहने

नजिक न्युज संवाददाता    

बार्जु महोत्सवको चौथो दिन चर्चित बाल गायक सुप्रिम मल्लको गीतमा झुमे दर्शक

बाजुरा : बाजुरामा जारी बार्जु महोत्सवमा दर्शकहरुको बाक्लो उपस्थिति देखिएको छ । बार्जु सभ्यताको पहिचान, समृद्धिको सहयात्रा भन्ने नारा सहीत आयोजना गरिएको महोत्सवमा दैनिक दिन दर्शकहरुको संख्या बढ्दै गएको आयोजक सुदूर साहित्य प्रतिष्ठानले बताएको छ ।  

आयोजनाको चौथो दिन आज चर्चित बाल कलाकार सुप्रिम मल्लको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । पछिल्लो समय बजारमा अत्याधिक चलेका आफ्नै गीतमा दर्शकलाई छमछमी नचाएका थिए । 

बाजुराली छोरा मल्लका गीतहरुले कयौं दर्शकहरुलाई भाबुक समेत बनाएको थियो । गाउँ घरका पीडा, समस्या र दुर्गम जिल्लाबाट पढ्नका लागि शहरमा गएर समस्या भोग्नु पर्ने कुराहरुलाई समेटर गायका गीतहरु सुनाएपछि दर्शकहरुका आँखामा आसु आएका थिए । 

गायक मल्लले भावुक मात्र बनाएन दर्शकहरुलाई नचाएका पनि थिए । महोत्सवमा आजै गायक डमर विश्वकर्मा, हिक्मत शाही र दिपेन्द्र ओलीले आफ्नो प्रस्तुती देखाएका थिए ।  

त्यस्तै बाजुरा समृद्धिका सम्भावना, अवसर र चुनौतिका विषयमा डा. नारायण रेग्मी, लाल बहादुर ओली, अर्जुन शाह, डा. पुष्पराज उपाध्याय र तपेश्वरी दुगांना संग करिब आधा घण्टा संवाद सञ्चालन गरिएको थियो ।  जसको सहजीकरण पत्रकार कृष्ण ओलीले गरेको हो ।   

सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजना तथा बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको हो । महोत्सवको पाँचौ दिन भोली चर्चित गायक चर्क बम प्रस्तुती रहने छ । भने ईब्सल सञ्जेल र रामचन्द्र बोहरा र छत्र साँउदको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । 

बाजुराको आर्थिक, सामाजिक तथा सास्कृतिक बिकास, कला र सस्कृतिको जगेर्ना, स्थानीय कलाकारको सम्मान, जिल्ला भित्र रहेका आसपासका धार्मिक एवम् पर्यटकिय स्थलको प्रचारप्रसार, समग्रमा पर्यटन पर्वद्धन गर्ने उद्देश्ले महोत्सवको आयोजान गरिएको हो । 



शनिबार २३, बैशाख २०८० ०९:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.