बाजुराको विकासका लागि एकता भएर लाग्ने : जनप्रतिनिधी

नजिक न्युज संवाददाता    

बाजुराको विकासका लागि एकता भएर लाग्ने : जनप्रतिनिधी

बाजुरा : बाजुराको विकासका लागि एकता भएर लाग्ने जनप्रतिनिधीहरुले बताएका छन् । बार्जु महोत्सवमा सञ्चालन गरिएको समृद्धिका लागि बार्जु संवादमा ९ वटै स्थानीय तहका जनप्रतिनिधीले जिल्लाको विकासमा एकता भएर अगाडी बढ्ने बताएका हुन् । 

बाजुराको विकासमा जनप्रतिनिधिको भुमिका विषयमा पत्रकार मदनराज जैशीले सहजीकरण गरेको संवादमा पालिकाले गरिरहेको काम, नीति तथा कार्यक्रम र हाल पालिकामा विकासको अवस्था लगायतको बारेमा साझा धारणा सहीत अब विकासमा सहकार्य रहने ९ वटै स्थानीय तहका जनप्रतिनिधीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

बाजुरा जिल्लामै पहिलो पटक संञ्चालन गरिएको संवादले एकता र सहकार्यको  सन्देश दिएको छ । राजनीतिक आस्था जेभएपनि विकासका लागि साझा रुपमा लाग्नुपर्ने जनप्रतिनिधीले बताएका छन् । अभाव, भोग, रोग र अथाह समस्याले परिचित बाजुरालाई माथि उठाउँन राजनितिक दलहरुले एक ठाउँमा उभिनु बाहेक अर्को विकल्प नरहेको बताएका छन् । 

समृद्धि र विकासका लागि आगामिक दिनमा साझा सहमति, सहकार्य र एकताको माध्यमबाट अगाडी बढ्ने संवादमा सहभागि जनप्रतिनिधिले प्रतिवद्धता व्यक्त गरेका छन् । साझा रुपमा अगाडी बढे मात्र परिवर्तन सम्भव रहेको बताउँदै अब एक भएर लाग्ने बताएका छन् । 

संवादमा आफुहरुले निर्वाचनको बेला जनता सामु लिएका घोषणा पत्र अनुसारका विकास निर्माणका कामहरुलाई समेत तिब्रता दिएको बताएका छन् । जनताका आधारभुत आवश्यकतालाई मध्येनजरमा राखि पालिकाले ल्याएका नीति तथा कार्यक्रम कार्यान्वयनका क्रममा रहेको बताएका छन् । 

पालिकामा शिक्षा, स्वास्थ्य खानेपानी, कृषि, सिचाई, आधुनिकरण, पर्यटन, सडक विद्युत लगायतका विकास निर्माण कार्यलाई मुख्य प्राथमिकतामा राखेर नीति बनाई सोही अनुसार काम भईरहेको पनि संवादमा जनप्रतिनिधीहरुको भनाई रहेको थियो ।



शनिबार २३, बैशाख २०८० ०८:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.