माथिल्लो कर्णाली जल महोत्सव : त्रिदेशीय नाका सडक निर्माण र कर्णाली जलपर्यटन विकासमा जोड

नजिक न्युज संवाददाता    

माथिल्लो कर्णाली जल महोत्सव : त्रिदेशीय नाका सडक निर्माण र कर्णाली जलपर्यटन विकासमा जोड

बाजुरा : बाजुराको उत्तरी भेग कुन्ना क्षेत्रमा आयोजित माथिल्लो कर्णाली जल महोत्सव २०८० को भव्य समापन गरिएको छ । विकास र समृद्धिको आधार निर्माणका रुपमा आयोजना गरिएको महोत्सव ९ बुँदे कुन्ना घोषणा पत्र जारी गर्दै सकिएको छ ।

हिमाली गाउँपालिका र स्वामिकात्र्तिक खापर गाउँपालिकाको सयुक्त आयोजना र नेपाल पर्यटन बोर्ड लगायतका निकायसँगको सहकार्यमा महोत्सव २०८० बैशाख ४ देखि ७ गतेसम्म ४ दिन सञ्चालन गरिएको हो । 

स्थानीय कला, सँस्कृतिको प्रवद्र्धन, कर्णाली जल पर्यटनको संभावनाको अध्ययन र रैथानी बालीको संरक्षण तथा पहिचानका लागि आयोजित महोत्सवले कुन्ना क्षेत्रको विकास र समृद्धिका प्रमुख संभावना समेटिएको ९ बुँदे घोषणा पत्र जारी गरेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।

हिमाली गाउँपालिकामा सुरुको दुई दिन कार्यक्रम सकाएर, तेस्रो र चौथौ दिन कर्णाली र्याफ्टीग सहीत स्वामिकात्र्तिक खापर गाउँपालिकाको पीलुचौर क्षेत्र कर्णालीको तिरमा महोत्सव आयोजना गरिएको हो ।

जारी घोषणा पत्रमा कवाडी देखि चिसापानीसम्मको जल पर्यटनको संभाव्यता अध्यनन गरि कवाडीदेखि पीलुचौर पादुको सम्मको जल पर्यटनलाई व्यवसायीक रुपमा सञ्चालन गर्न सम्बन्धीत निकायसँग समन्वय र सहकार्य गर्ने विषय उल्लेख गरेको छ ।

कुन्ना क्षेत्रको रैथानी वाली, आलु पशुपालन र जडिबुटीको उत्पादन उपभोग र बजारिकरणका साथै संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रमगत र नीतिगत रुपमा निरन्तर समन्वय र सहकार्य गर्ने विषयलाई पनि घोषणा उल्लेख छ । 

महोत्सव आयोजनामा बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाले बहिष्कार गरेको आरोप लगाएका आयोजक पालिकाले बाजुराको समग्र विकास र समृद्धिका लागि साझा धारणा बनाउन राजनीतिक दलहरु बीचको आपसी सहकार्य गर्ने वातावरण निर्माणका लागि आवश्यक समन्वय गर्ने कुरालाई पनि घोषणा पत्रमा उल्लेख गरेका छन् ।

No description available.रानीसैन क्षेत्रको पहिचान, संरक्षण, संम्वद्र्धन र सिमाकंन गर्न सम्बन्धीत निकायसँग समन्वय र सहकार्य गर्ने र बुढीनन्दा, पादुका, रानीसैन र रारालाई पर्यटकीय सञ्जालका रुपमा विकास गर्न समन्वय गर्ने घोषणा गरिएको छ । 

विख्यात धार्मीक तथा पर्यटकीय क्षेत्र मानसरोवर र चीनसँगको सहज सम्पर्कका लागि छोटो दुरी मानिएको कवाडी, रानीसैन, हिल्सा सिल्क सडकलाई नेपाल भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकास गर्न सामुहीक समन्वय र सहकार्य गर्ने उल्लेख गरिएको छ ।

पीलु पादुका र देउरा क्षेत्रलाई धार्मीक पर्यटकीय हबको रुपमा विकास गर्नका लागि आवश्यक प्रक्रियाको थालनी गर्ने, पादुका देउरा हुँदै झुलेडाँडा, शिम्भुनाथ खुन्का राताकोट ज्वार्ना बाजेको भासथानसम्म र भुँकाट्टा देखि खापर राघुमातासम्म धार्मीक पर्यटकीय मार्ग विकास गर्ने विषय पनि उल्लेख गरिएको छ ।

महोत्सवका प्रतिनिधी सभा सदस्य बद्री पाण्डे, प्रदेश सरकारका आर्थिक मामिला तथा कानुन मन्त्री नरेश कुमार शाही, पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, जल विज्ञ, कृषि तथा शिक्षा विद्हरुको सहभागि रहेको थियो । 

महोत्सवको संयोजक हिमाली गाउँपालिकामा अध्यक्ष गोविन्द्र बहादुर मल्ल, र स्वामिकात्र्तिक खापर गाउँपालिकामा भरतबहादुर रोकायाले गरेका हुन् । कुन्ना क्षेत्रको विकासको संभावना र सवाल विषयक विकास संवाद पनि सञ्चालन गरिएको थियो । 

महोत्सव कुन्ना क्षेत्रको विकास र समृद्धिका लागि कोशेढुंगा नै सावित हुने निष्कर्ष आयोजकले गरेका छन् । स्थानीय कला सँस्कृतिको प्रस्तुती सहीत बाजुरा घर भइ राष्ट्रिय रुपमा छवी बनाएका कलाकारहरु सहभागि थिए, भने स्थानीय उत्पादन र रैथानी बालीको पनि प्रर्दशनी गरिएको थियो । 

May be an image of 5 peopleMay be an image of 7 people and templeMay be an image of 4 peopleMay be an image of 3 peopleMay be an image of 9 people and templeMay be an image of 5 people and weddingMay be an image of 3 people and dais



शुक्रबार ०८, बैशाख २०८० ०९:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.