बाजुरा : कर्णाली तिरमा आयोजना हुने माथिल्लो कर्णाली जल तथा पर्यटन महोत्सवको तयारी पुरा भएको छ । बैशाख ४ गतेदेखि हिमाली गाउँपालिको केन्द्र धुलाचौर र स्वामिकात्र्तिक खापर गाउँपालिकाको तिर कर्णालीको बगरमा हुने महोत्सवको तयारी पुरा भएको आयोजकले बताएको छ ।
दुईवटा गाउँपालिकाको सयुक्त सहकार्य, पर्यटन मन्त्रालय र अन्य साझेदार निकाय बीचको सहकार्यमा महोत्सव हुन लागेको छ । कर्णाली, पादुका, रानीसैन, बुढीनन्दा, पीलुचौर लगायतका क्षेत्रको पर्यटन प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउने उदेश्य सहीत महोत्सव आयोजना गरिएको हिमाली गाउँपालिकाकका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।
महोत्सवको पूर्व तयारीमा पालिका कर्मचारीको टोलीले बजार भित्रको सरसफाइ गरेका गरेका थिए । बैशाख ४ गते देखि ७ गतेसम्म चार दिन माथिल्लो कर्णाली महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा राष्ट्रिय स्तरको छवी बनाएका कलाकार आउने छन् । भने स्थानीय उत्पादनको प्रर्दशनी, कर्णाली र्याफ्टीग पनि हुनेछ ।
यो पटक कुन्ना क्षेत्रमा पहिलो पटक महोत्सवको आयोजना हुदैछ । महोत्सव हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको सयुक्त सहकार्यमा सञ्चालन हुन लागेको हो । महोत्सवका लागि कलाकार देखि अतिथिहरुको टुगों, मञ्च ब्यवस्थापन, स्थान छनोट, सुरक्षा ब्यवस्थापन र स्वयमसेवक परीचालन लगायतका तयारी पुरा भएको आयोजकले जनाएको छ ।
जैविक कृर्षि गुणस्तरीय पर्यटन तथा परम्परागत संस्कृतिको संरक्षण र विकाश, कुण्डा क्षेत्रका नागरीकको समुन्नती तथा गुणस्तरीय जीवनका लागि हाम्रो प्रयास भन्ने मुल नाराका साथ कुण्डा क्षेत्रमा महोत्सवको आयोजना हुने भएको हो । महोत्सवको उद्घाटन प्रदेश सरकारका आर्थिक मामिला तथा अर्थ मन्त्री नरेश कुमार शाहीले गर्ने बताइएको छ ।
प्रतिकृया दिनुहोस