बाजुरामा ६ वर्षे बालकमा कालाजार देखियो, अस्पतालमा औषधीको अभाव

नजिक न्युज संवाददाता    

बाजुरामा ६ वर्षे बालकमा कालाजार देखियो, अस्पतालमा औषधीको अभाव

बाजुरा : बाजुरामा कालाजार रोगका विरामी देखा परेका छन् । हिमाली गाउँपालिका २ बिच्छ्याका निमा छिरिङ थापालाई कालाजार रोग देखा परेको हो । तीन महिना देखि विरामी रहेका थापालाई चैत्र २९ गते राती मात्र बाजुरा जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पतालले गरेको जाँच पछि थापालाई कालाजार रोगको संक्रमण देखिएको पुष्टी भएको छ ।

कालाजार भुसुनाको टोकाइबाट लाग्ने रोग हो । ६ वर्ष उमेरका थापा रोगको संक्रमणबाट अन्तिम चरणमा पुगेका छन् । अस्पतालमा औषधी नभएपछि धनगढी लैजान सुझाव दिएको अस्पताल बाजुराले जनाएको छ । बाजुरा जिल्ला अस्पतालमा औषधी समेत अभाव छ । 

विरामी थापाको शरिरमा २ प्वाइन्ट मात्र रगत छ । आवश्यक कम्तीमा ११ प्वाइन्ट रगत चाहिन्छ । शरिरको तौलपनि १३ केजी मात्रै छ । ६ वर्ष उमेर पुरा भएको व्यक्तिमा २० केजी बढी तौल हुनु पर्ने हो । अवस्था अन्तिम चरणमा भएपनि औषधी अभाव छ । अस्पतालले तत्काल औषधी व्यवीथापन गर्नसक्ने अवस्था देखिदैन । 

तर बाजुरा जिल्ला अस्पतालले भने औषधी माग गरिसकिएको बताएको छ । जिल्ला अस्पताल वा स्वास्थ्य कार्यालयमा हुनु पर्ने हो । तर बाजुरामा कालाजार रोगको भ्याक्सीन नै मौजान नराखिएको अवस्था छ । विरामी थापालाई कम्तिमा ४ वटा भ्याक्सीन चढाउनु पर्ने अवस्था रहेको स्वास्थ्य कर्मीको भनाई छ । 

एउटै भाइलकै कम्तीमा १० हजार बढी मूल्य पर्ने र स्टक राख्न प्रभावकारी कोल्ड स्टोरको समेत उचित व्यवस्थापन नहुँदा औषधी बाहिरबाट ल्याउनु पर्ने अवस्था भएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् ।

औषधी उपचारले मात्रै नहुने भएकोले बाजुरा जिल्ला अस्पतालले रिफर सकेको गिरीले बताएका छन् । तर विरामीका आफन्तले भने जिल्ला बाहिर लिन नमानेको अस्पतालले बताएको छ । निशुल्क उपचार हुने र जानका लागि केही भाडा सुविधा दिन खोज्दा पनि आफन्तले लिन नमानेपछि अहिले रगत दिएर उपचार भइरहेको छ । 

कालाजार समयमै व्यवस्थान नगरे महामारीका रुपमा फैलिने सरुवा रोग हो । ज्वरो आउने, तौल घट्दै जाने, रगतको मात्रा घट्ने, रगत वान्ता गर्ने जस्ता लक्षण देखिने गरेका छन् । बाजुराको बुढीनन्दा नगरपालिकामा गएको वर्षमात्रै कालाजारको संक्रमण देखिएको थियो । 



बिहिबार ३०, चैत २०७९ ०६:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.