बाजुरा : नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रास रुट अभियानको मध्यावधी समीक्षा गरिएको छ । बाजुराका बुढीगंगा, खप्तड छेडेदह र त्रिवेणी नगरपालिकाको सामुहीक मध्यावधी समीक्षा गरिएको पार्टी सचिव भरत थापाले बताएका छन् ।
पार्टी केन्द्रीय सदस्य यज्ञ बहादुर बोगटीको उपस्थिति र पार्टी प्रदेश कमिटी सचिवालय सदस्य हिरेन्द्र भट्टाराई, लालबहादुर ओली र परमानन्द नाथको उपस्थितिमा समीक्षा गरिएको हो । कार्यक्रम बुढीगंगा नगर कमिटीका अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा सञ्चालन गरिएको हो ।
पार्टीले अभियान सञ्चालन गरेको एक महिना अवधीका उपलब्धी र प्रभावकारीता बारे समीक्षा तथा आगामी एक महिनाको योजना बारे छलफल गरिएको पार्टी सचिव भरत थापाले बताएका छन् । समीक्षामा कार्यकर्ताको अपेक्षा र उपलब्धीका बारेमा विस्तृत समीक्षा गरिएको छ ।
अभियानले वडा देखि टोल कमिटी गठन गरिएको, जनतासँग प्रत्यक्ष भेटघाट भएको, सत्ता फेरबदलको वास्तविकता बुझाउने काम गरिएको, पार्टी संगठीत सदस्यता वितरण तथा नयाँ थप गरिएको, जनसंगठनलाई थप सक्रिय बनाउन भूमिका खेलिएको जस्ता उपलब्धीको समीक्षा गरिएको छ ।
नेकपा एमालेले यतिबेला देश व्यापी अभियान थालेको छ । एमालेका नेता कार्यक्रम जति गाउँ टोल र बस्तीमा मात्रै भेटिने गरेका छन् । केन्द्र स्तरका नेताहरु समेत पालिका टोल कमिटी गठनमा सक्रिय भएपछि एमाले जनसम्कर्प बलियो हुने आँकलन गरिएको छ ।
बाजुराका नौ वटै पालिकामा अभियान जारी भएपनि हिमाली गाउँपालिकाका दुर्गम गाउँमा भने नेताहरुको उपस्थिति नै निकै पातलो देखिएको पाइएको छ । कोल्टी क्षेत्रका चार पालिकाको अगुवाइको जिम्मेवारी नेकपा एमाले पोलिटव्यूरो सदस्य एर्व पूर्व मुख्य मन्त्री राजेन्द्र रावलले पाएका छन् ।
बडीमालिका र गौमुलमा केन्द्रीय अनुशासन आयोग सदस्य गोविन्द्र कुँवर र बुढीगंगा, त्रिवेणी र खप्तड छेडेदहमा केन्द्रीय सदस्य यज्ञ बोगटी खटिनु भएको छ । आज मात्रै गौमुल गाउँपालिकाका ३ मा कार्यक्रम सम्पन्न भएको छ । प्रदेश कमिटी सचिवालय सदस्य गगन रावलको उपस्थितिमा कार्यक्रम सञ्चालन गरिएको गाउँ कमिटीले बताएको छ ।
एमालेले आगामी एक महिना थप प्रशिक्षण दिने, सदस्यता नविकरण र नयाँ सदस्यता आवेदन फारम भर्ने, जनताका गुनासा सुन्ने र विकास निर्माणको अवस्था बारे जानकारी लिने गरि लगातार गाउँमै खटिने योजना बनाएको छ ।
प्रतिकृया दिनुहोस