बाजुरा : खप्तड मालिका युवा क्लबले आयोजना गरेको महोत्सव सकिएको छ । चैत्र ३ देखि १२ गतेसम्म सञ्चालन गर्ने गरि आयोजित महोत्सव चैत्र १३ गते समापन गरिएको हो । सुरुका ५ दिन पानीकै कारण प्रभावित बनेको महोत्सव आकाश खुलेको र मौसमले साथ दिएको दिन पनि विवाद रहीत हुन सकेन् ।
फागुन १९ गते आयोजनाको मिति तय गरिएको महोत्सवको एकाएक चैत्र ३ गतेका लागि सारिएको थियो । स्थानीय कलाकारलाई स्थान नदिएको आरोप सहीत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले विरोध सहीतको विज्ञप्ती नै प्रकाशित गरेको थियो । लगत्तै समन्वयका लागि र प्राविधिक समस्या देखाएर फागुन १९ बाट चैत्र ३ मा गर्ने गरि मिति सारिएको थियो ।
उद्घाटन कै दिन पनि प्रमुख अतिथि को हुन्, भन्नेमा विवाद देखिएको छ । प्रमुख जिल्ला अधिकारीले गर्न नहुने समेतको कुरा देखाए, बडीमालिका नगरपालिकाले सुरुमा लगानी गर्न नसकिने र व्यवस्थीत रुपमा आयोजना गर्नमा अवरोध नगर्ने आश्वासन दियो । रपनि महोत्सव अवधी भर कुनै दिन विवाद रहीत बन्न सकेन् । महासेत्सवको सहआयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रहेको थियो ।
उद्घाटन देखि समापनसम्म आयोजकले स्थानीय प्रहरी प्रशासन, राजनीतिक दलका जनसंगठनबाट असहयोग सहनु पर्यो । परीक्षा सञ्चालनको अवधीमा विद्यार्थीको पढाई प्रभावित देखि अन्य विषय जोडेर विरोध भयो । प्रहरी प्रशासनले पटक पटक आयोजकलाई गोप्य भेट्न अनुरोध गर्यो, तर आयोजकले आनाकानी गरेपछि खुलेरै प्रमुख जिल्ला अधिकारीको असहयोग भएको दाबी आयोजकको छ ।
प्रहरीले झुला खेलाएको आरोपमा प्रतिनिधी मार्फत आर्थिक चलखेलको समेत मञ्चन गरिएको दाबी गोप्य श्रोतको छ । तर आयोजक खप्तड मालिका युवा क्लबका अध्यक्ष शुक्रराज बोहराले प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले असहयोग गरेपनि प्रहरीबाट सहयोग भएको दाबी समापन समारोहमा गरेका छन् ।
पार्टीको खोल ओढेका केही नागरिक अगुवा भनिएकाहरुबाट पनि असहयोग भएको र राष्ट्रिय युवा संघ बाजुराले समापन गर्ने सूचना समेत जारी गरेकै दिन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र नै बुझाएर असहयोग गरेको प्रमाणित गरिदिएको आयोजकले दाबी गरेका छन् ।
आयोजकसँग जोडिएका केही राजनीतिक आस्थाका व्यक्तिहरुले पार्टी आस्था देखाएर विरोध भयो, आगामी दिनमा एमाले निकट साथीहरुबाट त्यो संस्कारको विकास गर्नु भयो, हामी त्यसको निरन्तरतामा लाग्ने खुलेआम चुनौति नै दिएका छन् ।
४० लाखको आर्थिक कारोबार गर्ने लक्ष्य थियो, त्यो मौसम र चौतर्फी असहयोगका कारण ढामाढोल भयो, कलाकारलाई पारिश्रमीक दिन सकिएन्, व्यवस्थापनमा खटिएकाहरुलाई खाजा नखाई काम गराउनु पर्ने भयो, स्टल राखेका व्यापारी चौपट परे, सबै प्रकारको सामना जिल्लाको विकासका लागि गरिएको अभियानमै गर्नु पर्दा दुख लागेको भन्छन्, आयोजक संस्थाका सल्लाहकार हिरेन्द्र रोकायाको गुनासो छ ।
प्रथम खप्तड मालिका महोत्सवमा मौसम सफा भएसँगै दर्शकहरुको बाक्लो उपस्थिति देखिएको छ । चक्र बम आएको दिन मात्र २ लाख ७ हजार बढीको टिकट विक्री भएको आयोजकको दाबी छ । १० दिने महोत्सव भनिएपनि ४ दिन समेत राम्ररी महोत्सव नचलेको आयोजकको दुखेसो छ ।
पछिल्लो समय बजारमा अत्याधिक चलेका टंक तिमिल्सेना, पुष्कर शर्मा, पूर्णकला विसी, चेतन बोहरा, रामजी खाँड, विनोद बाजुराली, प्रकाश थापा, पविन्द्र सुनार लगायत दर्जनौ कलाकार महोत्सवमा आएका थिए । स्थानीय अधिकांश सबै कलाकारको प्रस्तुती रहेको थियो भने खुला देउडा प्रतियोगिता पनि आयोजना गरिएको थियो ।
बाजुरामा आएर मौसम र राजनीतिक परिवेशबाट ठुलो असहयोग र सास्ती भोग्नु परेको दुखेसो आयोजना संयोजन गर्ने करन न्यौपानेको छ । प्रदेश प्रमुख देवराज जोशीद्धारा उद्घाटन गरिएको विषय पनि विवादीत बनेको थियो । दिएको निवेदनको समेत बेवास्ता गरियो र सुरुवादमै असहयोगको चरम सीमा नाघेर प्रशासन विरुद्धमा लागेको आरोप समेत आयोजकको छ ।
समापन समारोह भने प्रशासनको असयोगका कारण भव्य बनाउन आयोजकले सकेन् । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष पुरबहादुर रावत प्रमुख र माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज महेश शाही लगायतका नेताहरुको उपस्थितिमा गरियो ।
उसोत उद्योग, कृषि, पर्यटन तथा व्यापार महोत्सवको नाम दिएपनि बाजुराको परिचय दिन कुनै कुराको प्रर्दशन नगरिएको, बाहिरका व्यापारी ल्याएर मात्रै स्टल राख्न लगाएको आरोप व्यापारीबाटै लागेको छ ।
प्रतिकृया दिनुहोस