जनसाँस्कृतिक महासंघ बाजुराको अध्यक्षमा धिरेन विक

नजिक न्युज संवाददाता    

जनसाँस्कृतिक महासंघ बाजुराको अध्यक्षमा धिरेन विक

बाजुरा : राष्ट्रिय जनसाँस्कृतिक महासंघ बाजुराको अध्यक्षमा धिरेन विक निर्वाचित भएका छन् । महासंघको तेस्रो जिल्ला अधिवेशनबाट विक सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । साँस्कृतिक महासंघ नेकपा एमाले आस्थावान कला, साहित्य र संगीत विधामा जोडिएका व्यक्तिहरुको साझा संगठन हो ।

अधिवेशनले २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं अध्यक्ष मण्डलका अध्यक्ष जंग विकले बताएका छन् । जसमा अध्यक्ष धिरेन विक, उपाध्यक्ष डम्मर विश्वकर्मा, सचिव देवबहादुर बोहरा, सहसचिव संगीता विक, सुनिता रावत, कोषाध्यक्षमा लक्ष्मी नेपाली सर्वसम्मत निर्वाचित भएका हुन् ।

No description available.यस्तै मोति सुनार, सम्झना शाही, उषा विक, संगीता रोकाया, झरना विक, महेन्द्र रोकाया, गोविन्द्र महतरा, वीरबहादुर बम, हिक्मत थापा, गणेश विक, सिर्जना उखेडा, सम्झना खत्री, मुकुन्द्र नेपाली, रोशन सुनार, गोपाल विक र सोवीना नेपाली सदस्यमा चयन भएका छन् ।

जिल्ला कमिटीले बैठकबाट केही सदस्य मनोनित गर्ने छ । भने प्रदेश र केन्द्रीय अधिवेशन प्रतिनिधी पनि जिल्ला कमिटीले पछि नै निर्णय गर्ने नवनिर्वाचित अध्यक्ष धिरेन विकले बताएका छन् । अधिवेशन आयोजक समिति संयोजक धिरेन विकको अध्यक्षतामा सञ्चालन भएको अधिवेशनको प्रमुख अतिथि जनसाँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष विनोद बाजुराली रहनु भएको थियो ।

उद्घाटन समारोहमा एमाले जिल्ला कमिटी सदस्य जंग विक, प्रेस चौतारी प्रदेश अध्यक्ष कृष्ण ओली, नेकपा एमाले बडीमालिका नगर कमिटी सचिव राजेश विक, बुढीगंगा नगर कार्यपालिका सदस्य प्रेम नेपाली प्रेस चौतारीका जिल्ला अध्यक्ष मदन विक, दोहोरी प्रतिष्ठानका प्रदेश उपाध्यक्ष धनबहादुर बिसी, जिल्ला उपाध्यक्ष निशान्त रोकाया, कोषाध्यक्ष देवी बोगटी सहीत सहभागि थिए । 

कार्यक्रमको सञ्चालन डम्मर विश्वकर्माले गरेका हुन् । भने स्वागत मन्तव्य देवबहादुर बोहराले गरेका थिए । निर्वाचित जिल्ला कमिटी पदाधिकारी तथा सदस्यलाई गीत संगीत, कला साहित्यको माध्यमबाट देश र जनताको पक्षमा आजाव उठाउन बक्ताहरुले सुझाव दिएका थिए ।  



सोमबार १३, चैत २०७९ ०९:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.