राष्ट्रिय युवा संघ नेपाल बाजुराको अध्यक्षमा मिलन अयडी

नजिक न्युज संवाददाता    

राष्ट्रिय युवा संघ नेपाल बाजुराको अध्यक्षमा मिलन अयडी

बाजुरा : राष्ट्रिय युवा संघ नेपाल बाजुराको अध्यक्षमा मिलन अयडी निर्वाचित भएका छन् । संघको सातौ जिल्ला अधिवेशनबाट अयडी निर्वाचित भएका हुन् । अयडी र आरसी रोकाया बीच चुनाव भएको थियो । 

चार जनाले उम्मेदवारी दिएकोमा दुई जनाले फिर्ता लिएपनि अयडी र रोकायाले चुनावमै जाने अडान लिएपछि चुनाव भएको हो । अध्यक्षमा उम्मेदवार दिएका निवर्तमान संयोजक पुष्कर शाह र अमृत जैशीले फिर्ता लिएपछि अयडी र रोकाया बीच चुनाव भएको थियो ।

१४७ जना जिल्ला प्रतिनिधी मध्ये ९९ मत खसेको थियो । तीन मध्ये मिलन अयडीले ५५ मत प्राप्त गरेर विजयी भएका छन् । भने आरसी रोकायाले ३७ मत पाएका छन् । ८ मत बदर भएका छन् । अन्य पदमा भने सर्वसम्मत भएको निर्वाचन अधिकृत मदनराज जैशीले बताएका छन् ।

युवा संघको उपाध्यक्षमा क्षितिज शाही, सचिवमा विष्णु कार्की, सहसचिवमा महेन्द्र शाह, र विक्रम ओली, कोषाध्यक्षमा रोहित राना निर्वाचित भएका छन् । ६३ सदस्यीय जिल्ला कमिटीका सबै सदस्य पदमा पनि निर्विरोध भएको छ ।

 



आइतबार १२, चैत २०७९ १०:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.