बाजुरा : बाजुराको जिल्ला सदरमुकाम मार्तडीमा यतिबेला महोत्सव चलिरहेको छ । यही चैत तीन गतेदेखि सुरु भएको खप्तड मालिका उद्योग कृषि पर्यटन तथा व्यापार महोत्सवमा दैनिक दिन राष्ट्रिय चर्चित कलाकारको विजोड प्रस्तुति पनि भईरहेकोे छ ।
तर शुक्रबार भने अघि दिनको भन्दा छुट्टै माहोल बनिरहेको थियो । किनकी त्यो दिन लोकप्रिय कलाकार पुष्कल शर्माको बेजोड प्रस्तुति थियो । उहाँलाई प्रत्यक्ष हर्न तथा गितहरु सुन्नका लागि हजारौंको संख्यामा दर्शकको थेकी नसक्नु भीडभाड गेटमा लागेको थियो ।
अनुमानित करिब २ बजेको समय हो, त्यही गेटभित्र छिर्दै थिइन् एकजना विद्यार्थी विद्यालयको पाेशाक सहीत हातमा क्लिमबोर्ड समातेर । विद्यालयको डे«स हात क्लिमबोर्ड जुन दृष्य परीक्षा दिन विद्यालय तिर जादै गरेको जस्तै थियो । उनीसंगै अरु विद्यार्थी पनि विद्यालयको पाेशाकसंग महोत्सव हेर्नकै लागि गएको दृष्य देख्न सकिन्छ । जिल्लामा यतिबेला कक्षा–१ देखि ९ सम्म वार्षिक परीक्षा सञ्चालनमा छ ।
तर यहाँका विद्यार्थीलाई भने परीक्षाले छाएको छैन् महोत्सवले छाएको छ । दृष्यमा देखिएका जिल्ला सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माध्यमिक विद्यलाय र क्रेटोर जोन एकेडेमी स्कुलका विद्यार्थी हुन् । ड्रेससंगै हातमा क्लिमबोर्ड समातेका विद्यार्थी मालिका र स्कुल ड्रेसमा क्रेटोरका विद्यार्थी हुन् । यी मात्र होइन् कतिपय विद्यार्थी परीक्षा दिएर हतारपतार ड्रेससंगै महोत्सव हर्न जाने गरेका छन् ।
विद्यार्थीको परीक्षा भन्दा पनि महोत्सवमा ध्यान बढी केन्द्रीत भएको देखिन्छ । यसले गर्दा विद्यार्थीको पढाई प्रभावित त हुनेनै भयो, परीक्षामा लेखाई कमजोर सहीत प्रतिफल नराम्रो आउने देखिन्छ । विद्यालय प्रशासन, अभिभावक र आयोजक टिम जिम्मेवार नहुँदा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको आभाष गर्न सकिन्छ ।
वार्षिक परीक्षापछि सञ्चालन गर्नुपर्ने भएपनि महोत्सव परीक्षाकै बेला आयोजना गर्नाले विद्यालय परिवारलाई असजतासंगै विद्यार्थीको पढाईमा डिस्टप भएको छ । सबैको ध्यान महोत्सवतिर भएकाले यो वर्ष आफ्ना छोराछोरीले परीक्षामा राम्रा अङ्क ल्याउने विश्वस्तमा भने अभिभावक पनि छैनन् । महोत्सवले विद्यार्थीको पढाई प्रभावित भएको नागरिक अगुवा, शिक्षकदेखि अभिभावकहरु बताउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस