बाजुरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व, अध्यक्षमा पुनः रोकाया नै दोहोरिए

नजिक न्युज संवाददाता    

बाजुरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व, अध्यक्षमा पुनः रोकाया नै दोहोरिए

बाजुरा : उद्योग वाणिज्य संघ बाजुराले नयाँ नेतृत्व पाएको छ । एक वर्ष लामो प्रयास पछि सर्वसम्मत रुपमा संघले नयाँ नेतृत्व पाएको हो । संघको अध्यक्षमा देवबहादुर रोकाया नै दोहोरिएका छन् । २२ वर्ष लामो समय उद्योग वाणिज्य संघ बाजुराको नेतृत्व गरेका रोकाया यो पटक पनि सर्वसम्मत अध्यक्ष भएका हुन् । 

महासचिव पदमा दुई जनाको उम्मेदवारी परेपछि लामो समय नेतृत्व चयन प्रक्रिया नै अन्योल बनेको थियो । संघका शिर्ष नेताहरु बीचको संवादपछि महासचिवमा सहमति भएसँगै सिंगो कमिटीले पूर्णता पाएको हो । नयाँ नेतृत्वलाई निर्वाचन समिति संयोजक पुरबहादुर रावतले घोषणा सहीत बधाई ज्ञापन समेत गरेका छन् ।

सहमतिका आधारमा अध्यक्षमा देवबहादुर रोकाया, प्रथम उपाध्यक्ष चक्र बहादुर रोकाया, द्धितीय उपाध्यक्ष तुला बहादुर रोकाया, महासचिव रम बहादुर शाही, कोषाध्यक्षमा हंस बहादुर सिंह र सचिवमा देबेन्द्र नाथ सर्वसम्मत बनेका छन् ।

महासचिवमा गोपाल कार्की र रमबहादुर शाहीको उम्मेदवारी परेको थियो । सबै पदमा सर्वसम्मत भएपछि एउटै पदमा चुनाव नगराउने सहमति सहीत सर्वसम्मत बनाइएको छ । महासचिवका उम्मेदवार गोपाल कार्कीले अन्तिम समयमा आएर रमबहादुर शाहीलाई समर्थन दिएका हुन् । 

यस्तै संघको वरिष्ठ सदस्य सुरेन्द्र नाथ, सदस्यमा भगिरथ शाही, अफिलाल धामी, मिठला कुमारी सिंह, पार्वती जोशी र दुर्गा कुमारी शाह सर्वसम्मत चयन भएको संघका कार्यालय सचिव टेकबहादुर धामीले बताएका छन् ।

एक वर्ष लामो विवाद र असमझदारी नयाँ नेतृत्व चयनसँगै सकिएको छ । नयाँ नेतृत्व चयन पछि संघले आफ्ना काम कारवाही तिब्र गतिमा अघि बढाउने अध्यक्ष देवबहादुर रोकायाले बताएका छन् । जिल्ला समितिले पूर्णता पाएसँगै संघ प्रतिको आरोप र आलोचना कम हुने भएको छ ।



शुक्रबार १०, चैत २०७९ १०:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.