बाजुरा ; राष्ट्रिय युवा संघ नेपाल बाजुराले सातौ जिल्ला अधिवेशनको भव्य समारोहका बीच उद्घाटन गरेको छ । नयाँ नेतृत्व चयन हुने गरि आयोजित जिल्ला अविधेशनको उद्घाटन समारोह भव्य गरिएको छ ।
अधिवेशनको नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले उद्घाटन गरेका हुन् । नाच गान सहीत झण्डाहरुले चिटिक्क पारिएको सानदार मञ्चमा एक दर्जन बढी नेताहरुले शुभकामना सन्देश दिएका छन् ।
उद्घाटन समारोहका एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले युवा शक्तिको उर्जाले नै देश विकासमा टेवा पुग्ने भएकोले सबैले सकारात्मक सोच र सहयोगी भावनाका साथ सहकार्य गरेर अघि बढ्न आग्रह गरेका छन् । थापाले सहमतिका साथ एकले अर्कालाई स्वीकार गर्ने गरि नेतृत्व चयन गर्न आग्रह गरेका हुन् ।
जिल्ला संयोजक पुष्कर शाहको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा एमाले प्रदेश सचिवालय सदस्य गगन रावल, जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाही, सचिव भरत थापा, उपसचिव जनक बोहरा, सचिवालय सदस्य काशि विक, अमर बहादुर खड्का, जिल्ला कमिटी सदस्य तुल्सीराम रोकाया राष्ट्रिय युवा संघ नेपाल प्रदेश सहइन्चार्ज गणेश थापा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
पहिलो दिन उद्घाटन सत्र सकाएको युवा संघले भोली बन्द सत्र सहीत नेतृत्व छनोटको तयारी गरेको छ । नेकपा एमालेको शसक्त र जुझारु युवाहरुको संगठनका रुपमा स्थापित युवा संघको नयाँ नेतृत्व लिन तीन जना आकाक्षी देखिएका छन् ।
वर्तमान संयोजक पुष्कर शाहले पुनः दोहोरीन चाहना राखेका छन् । भने युवामाझ राम्रा प्रभाव जमाएका आरसी रोकाया र अमृत जैशीले पनि अध्यक्षमा आकाक्षा राखेका छन् । सहमतिबाटै नेतृत्व चयन गर्ने गरि युवा संघले बाजुरा जिल्ला इन्चार्ज डेनिश शाहीको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ ।
अन्तिम विकल्प चुनाव भएपनि सकेसम्म सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने इन्चार्ज डेनिश शाहीले बताएका छन् । युवा संघले प्रत्येक पालिकाबाट अध्यक्ष र एक जना महिला अनिवार्य हुने गरी ३ जना र वडाबाट एक एक जना प्रतिनिधी अनिवार्य गरेको छ ।
पालिका कमिटीबाट ९६ जना प्रतिनिधी सहभागि हुने छन् । भने पुरानो जिल्ला कमिटी र केहीलाई मनोनित गर्ने गरेर करिब १ सय ७० बढी जिल्ला प्रतिनिधी हुने अनुमान गरिएको छ ।
युवा संघमा अध्यक्ष, उपाध्यक्ष, सचिव २ सहसचिव र कोषाध्यक्ष पदाधिकारी रहने गरि ५१ जना भन्दा माथिको जिल्ला कमिटी गठन हुने छ । युवा संघमा अध्यक्षमा तीन जनाको दाबी हुँदा उपाध्यक्षमा लोकबहादुर अयडी क्षितीज शाही, सचिवमा विष्न कार्की, रोहीत राना, सहसचिवमा विक्रम ओली, गणेश दानी, देवराज मल्ल सहीतको उम्मेदवारी रहने चर्चा छ । कोषाध्यक्ष सहीतका पदमा पनि दर्जन बढी आकांक्षी देखिएका छन् ।
प्रतिकृया दिनुहोस