बाजुरा महोत्सवको सातौं दिन देउडा खेल र चेतन बोहराको गीतमा झुमे दर्शक

नजिक न्युज संवाददाता    

बाजुरा महोत्सवको सातौं दिन देउडा खेल र चेतन बोहराको गीतमा झुमे दर्शक

बाजुरा : बाजुरामा जारी प्रथम खप्तड मालिका महोत्सवमा मौसम सफा भएसँगै दर्शकहरुको बाक्लो उपस्थिति देखिएको छ । उद्योग, कृषि, पर्यटन तथा व्यापार महोत्सवको नाम दिएर आयोजना गरिएको महोत्सव केहीदिन पानीका कारण प्रभावित बनेको थियो ।

मौसम सफा भए लगत्तै दर्शकहरुको उपस्थिति बाक्लीदै गएको आयोजक खप्तड मालिका युवा क्लबले बताएको छ । आयोजनाको सातौं दिन आज चर्चिच कलाकार चेतन बोहराको प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । 

पछिल्लो समय बजारमा अत्याधिक चलेका आफ्नै गीतमा चेतनले दर्शकलाई छमछमी नचाएका थिए । करिब सवा घण्टासम्म एकल प्रस्तुती दिएका चेतनाले बाजुरामा पहिलो पटक नै आफ्नो क्रेस बलियो बनाएका छन् ।

महोत्सवमा आजै कुलेन्द्र सुनार, रामचन्द्र बोहरा, सपना श्री, देवी बोगटी, कल्पना विक लगायतले आफ्नो प्रस्तुती देखाएका थिए । महोत्सवमा प्रमुख आकर्षणको रुपमा आयोजना गरिएको देउडा प्रतियोगिता अन्र्तगत पनि एक खेल भएको थियो । बिच्छ्या प्रेम ल्वार र चर्चिच देउडा खेलाडी सुना विकको टिम बीच प्रतिस्प्रर्धा गराएको छ ।

लक्ष्मण अधिकारी, हर्क खडायत र कृष्ण ओली निर्णायक रहेको खेलमा ५ टिम सहभागि थिए । ती मध्ये सुना विक र शंकर मल्लको टिम विजेता बनेर शिर्ष चारमा उक्लीएको छ । भने गंगा थापा, प्रेम ल्वारको टिम फेरि एक खेल पछि मात्रै बाटो तय गर्नेछन् ।  

महोत्सवको आठौं दिन भोलि पुष्कल शर्मा सहीतका कलाकारले प्रस्तुती दिने छन् । स्थानीय उत्पादनको प्रर्दशनी, जिल्लाको कला साहित्य र भाषा सँस्कृतिको जगेर्ना र मौलिक पहिचानको प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको हो । खप्तड मालिका युवा क्लबको आयोजना र राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सहआयोजनामा महोत्सव सञ्चालन गरिएको हो । 



बिहिबार ०९, चैत २०७९ ०८:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.