बाजुराको बुढीगंगामा २ दिने निशुल्क विशषेज्ञ स्वास्थ्य शिविर हुने

नजिक न्युज    

बाजुराको बुढीगंगामा २ दिने निशुल्क विशषेज्ञ स्वास्थ्य शिविर हुने

बाजुरा : बुढीगंगामा २ दिने निशुल्क विशषेज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । लामो समयदेखि आर्थिक अभावले रोग पाली बसेका विरामीलाई लक्षित गरि चैत्र १ र २ गते गरि २ दिन निशुल्क बिशषेज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीको आयोजना, स्वास्थ्य कार्यालय बाजुराको समन्वय र बुढीगंगा नगरपालिकाको सहयोगमा शिविर सञ्चालन हुन लागेको हो । गरिब विपन्न परिवारका विरामीलाई लक्षित गरेर २ दिने बिशषेज्ञ सहीतको निशुल्क शिविर सञ्चालन गर्न लागिएको बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनीयाले बताएका छन् । 

बुढीगंगा नगरपालिका स्थित बडीमालिका क्याम्पस फालासैनमा शिविर सञ्चालन हुने छ । १० जना बढी बिशषेज्ञ डाक्टर सहीत ४० जनाको टोलीले सेवा दिने छ । त्रिवेणी, बुढीगंगा, खप्तड छेडेदह, गौमुल र बडीमालिका नगरपालिका सहीत छिमेकी जिल्ला अछाम र कोल्टी क्षेत्रलाई समेत समेट्ने गरि शिविर सञ्चालन गर्न लागिएको नगरपालिकाले बताएको छ । 

शिविरमा जनरल फिजिसिय, स्त्री रोग विशषेज्ञ, बाल रोग, दन्त रोग, नाक कान र घाँटी, हाडजोर्नी, नशा, छाला रोग सम्बन्धी बिशषेज्ञ सहभागि हुने बताइएको छ । मानसिक रोगको परामर्श, परिवार नियोजन सेवा, पाठेघरको क्यान्सर रोगको परिक्षण सहीतको आयूर्वेद सेवा समेत दिइने भएको छ । 

शिविरमा सहभागि हुन चिकित्सक सहीतको स्वास्थ्य कर्मीको टोली बुढीगंगा नगरपालिका पुगिसकेको छ । शिविरको भोलि विहान ८ बजे सुरु गरिने बुढीगंगा नगरपालिकाले बताएको छ । शिविरमा जटिल प्रकृतिको रोग देखिए थप उपचारका लागि समेत जिल्ला बाहिर पठाएर सहयोग गर्ने बताइएको छ । 

 



मङ्गलबार ३०, फागुन २०७९ ०७:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.