शिक्षक संघ बाजुराको अध्यक्षमा पुनः प्रेमराज पाध्याय निर्वाचित

नजिक न्युज संवाददाता    

शिक्षक संघ बाजुराको अध्यक्षमा पुनः प्रेमराज पाध्याय निर्वाचित

बाजुरा : नेपाल शिक्षक संघ बाजुराको अध्यक्षमा प्रेमराज पाध्याय निर्वाचित भएका छन् । पाध्याय दोस्रो कार्यकालका लागि अध्यक्षा निर्वाचित भएका हुन् । शिक्षक संघ बाजुराको आइतवार सम्पन्न निर्वाचनमा पाध्याय विजयी भएका छन् । 

६ जना प्रतिस्पर्धी मध्ये पाध्यायले सबैभन्दा बढी १ सय ७४ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्प्रर्धी खडकराज जोशीले १ सय २२ मत प्राप्त गरेका छन् । यस्तै अध्यक्षका उम्मेदवार महेशजङ्ग शाहीले ४७ मत, हर्क बहादुर बुढाले ४५, लाल बहादुर सुनारले ४२, सत्य कुमारी थापाले ९ मत प्राप्त गरेका छन् । 

पाध्याय अघिल्लो कार्यकाल पनि निर्वाचन जितेरै अध्यक्ष बनेका थिए । अघिल्लो कार्यकाल अनोजराज गिरीलाई पराजित गरेका पाध्यायले यो पटक दोस्रो कार्यकालका लागि पनि कडा प्रतिस्पर्धाका बीच ५ जनालाई पछि पार्दै शिक्षक संघको अध्यक्ष भएका हुन् ।

यस्तै उपाध्यक्षमा राम बहादुर रावतले २ सय ३२ मत प्राप्त गरि विजयी भएका छन भने सचिवमा विपीन विष्ट निर्वाति भएका छन् । विष्टले २ सय ७९ मत प्राप्त गरेका हुन् । विष्ट पनि दोस्रो कार्यकालका लागि सचिवमा निर्वाचित भएका हुन् । 

अर्थ सचिवमा गौरीलाल जैशी २१८ मत प्राप्त गरि विजयी भएका छन् भने सह सचिवमा कर्ण बहादुर थापाले १ सय ७८ मत प्राप्त गरि विजयी भएका छन् । सदस्यमा नकेश बहादुर धामी, बुद्ध बहादुर विष्ट, विजयराज पाध्या र रमेश बहादुर खत्री विजयी भएका छन् ।

सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरिएपनि अन्तिम चरणमा चुनाव भएको हो । अध्यक्षा कोही कसैले पनि एक अर्कालाई सहमति नदिएपछि चुनाव गरिएको हो । संघको जिल्ला अधिवेशन फागुन २५ गतेबाट सुरु भएको थियो । जम्मा खसेको ४ सय ५३ मध्ये ४ सय ४० मत सदर भएका थिए भने १३ मत बदर भएको हो ।

चुनावकै कारण शिक्षकहरु हप्ताबढी समय देखि मार्तडी केन्द्रीत बनेका छन् । विद्यालयको पठन पाठन नै प्रभावित हुने गरी शिक्षक अधिवेशन केन्द्रीत बनेका थिए । उसोत शिक्षक संघको अधिवेशनमा विवाद हुँदा सदस्यमा विजयी रमेश बहादुर खत्री सहीत केही शिक्षक नेताहरु घाइते समेत भएका छन् ।  

 



सोमबार २९, फागुन २०७९ १०:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.