बाजुरा : बाजुरामा १० वर्षे प्रादेशीक शिक्षा योजना तर्जुमा कार्यशाला सञ्चालन गरिएको छ । सुदूरपश्चिम प्रदेशको आगामी १० वर्षको शैक्षिक अवस्था सुधारको योजना तयार पार्न जिल्ला स्तरीय कार्यशाला सञ्चालन गरिएको हो ।
स्थानीय तहका जनप्रतिनिधी, विद्यालयका प्रअ, विद्यालय व्यवस्थाप समिति, अभिभावक, विद्यार्थी, सरोकारवाला निकायका प्रतिनिधी सहीतको सहभागिता कार्यशाला सञ्चालन गरिएको पीसविन कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकायाले बताएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको संयोजन, विश्व खाद्य कार्यक्रम र गुड नेवर्स ईन्टरनेशनलको आर्थिक सहयोग र सामाजिक विकास कार्यालय बाजुरा र पीसविन नेपालको संयुक्त सहकार्यमा कार्यशाला मार्तडीमा सञ्चालन गरिएको छ ।
कार्यशालामा प्रदेशको आगामी शैक्षिक नीति, प्राथमिकताका एजेण्डा र भावी रणनीति, शैक्षिक क्षेत्रका प्रमुख समस्या बारे सामुहीक छलफल तथा समीक्षा गरिएको छ । १० वर्षसम्म सिंगो प्रदेशको शैक्षिक नीति र शिक्षा विकासका प्राथमिकताको खाका तयार पार्न कार्यशाला फलदायी भएको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले बताएका छन् ।
सिंगो प्रदेशकै सम्पत्तीका रुपमा शैक्षिक नीति अर्थात योजना तयार पार्न यस्तै समीक्षा, छलफल र कार्यशालाले गाउँ तहको सवाल र विषय समेटिने हुँदा जिल्लामा आएर कार्यक्रम गर्नु परेको शिक्षा विद् डाक्टर आनन्द पौड्यालले बताएका छन् । पौडेल स्वयमले कार्यशालाको सहजिकरण गरेका हुन् ।
त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापा प्रमुख अतिथि रहेको कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का, निवर्तमान नगर प्रमुख पदम बडुवाल, गौमुल गाउँपालिकाका उपप्रमुख सिता थापा, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रमुख तथा निमित्त प्रदेश सचिव गणेश बहादुर सिह सहभागि रहनु भएको थियो ।
पीसविन नेपालका कार्यक्रम प्रवन्धक धर्मबहादुर रोकायाले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रममा शिक्षा क्षेत्रसँग सरोकार राख्ने निकायका प्रमुख एवं प्रतिनिधी सामाजिक विकास मन्त्रालयका उपसचिव गगन देव भट्ट र शाखा अधिकृत लोकेन्द्र प्रसाद भट्ट लगायत सहभागि थिए । कार्यक्रम रेडियो बाजुराको सिकाइ केन्द्रमा गरिएको हो ।
प्रतिकृया दिनुहोस