घरयासी आम्दानीमा पहुँच बढाउन महिला उद्यमीलाई व्यवसायीक तालिम

नजिक न्युज संवाददाता    

घरयासी आम्दानीमा पहुँच बढाउन महिला उद्यमीलाई व्यवसायीक तालिम

बाजुरा : बाजुराका महिला उद्यमीहरुलाई व्यवसायीक तालिम सञ्चालन गरिएको छ । सानो लगानीबाट उद्यम गरिरहेका बुढीगंगा र बडीमालिका नगरपालिकाका महिलाहरुलाई उद्यम विकास तालिम सञ्चालन गरिएको हो । 

इच्छाशक्ति भएका र प्राविधिक ज्ञान सीप नभएका उद्यमीहरुलाई व्यसायीक रुपमा तयार पार्न तीन दिने तालिम सञ्चालन गरिएको पीसविन परियोजना संयोजक त्रिभुवन शाहले बताएका छन् । तालिम युकेएड, युएनएफपीए, पीसविन र भिएसओको सयुक्त सहकार्यमा सञ्चालन गरिएको हो ।

लैगिंक हिंसा न्यूनिकरणका लागि प्रतिकार्य परियोजना अन्र्तगत महिलाहरुलई नै आत्मनिर्भर र आयआर्जनका गतिविधीमा जोड्ने उदेश्य सहीत तालिम सञ्चालन गरिएको पीसविन कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकायाले बताएका छन् । तालिममा बडीमालिका र बुढीगंगा नगरपालिका २१ जना महिला सहभागि छन् ।

सानो लगानी र आफूसँग भएको सीपको उपयोग गरि व्यवसाय सञ्चालन गरिहेका र गर्न इच्छुक भएका महिलाहरुलाई तालिममा सहभागि गराइएको छ । महिला आत्मनिर्भर भए आत्मबल बलियो हुने र आर्थिक उपार्जनकै विषयलाई लिएर परिवारमा हुने हिंसा रोक्न सकिने उदेश्य सहीत तालिम सञ्चालन गरिएको हो ।

परियोजना अन्र्तगत गाउँमा गठन भएका जोडी छलफल तथा संवाद समूहका अगुवा तथा इच्छुक महिलाहरु नै तालिममा सहभागि छन् । लैगिक समानताको बलियो आधार नै आर्थिक भएकोले महिलाहरुलाई आम्दानीका गतिविधीमा जोड्न तालिम सञ्चालन गरिनु सुखद विषय भएको बडीमालिका नगरपालिकाका नगर उपप्रमुख नन्दा थापाले बताएकी छन् । 

तालिमको उद्घाटन पनि उपप्रमुख थापाले नै गरेकी हुन् । महिला शसक्तिकरणसँगै महिलाहरुलाई आर्थिक रुपमा शसक्त र सक्षम बनाउनु पर्नेमा थापाको जोड छ । थापाले पीसविनले सुरु गरेको अवधारणलाई प्रत्येक घरघरमा पुर्याउनु पर्ने र त्यसका लागि पालिका प्रतिवद्ध भएर लाग्ने बताएकी छन् ।

आर्थिक स्तर बलियो हुनु भनेकै स्वमय व्यक्ति पनि बलियो र सक्षम हुनु भएकोले महिलाहरुका लागि लक्षित व्यवसायीक विकास तालिम निकै प्रभावकारी हुने आइपास नेपालका रमेश थापाले बताएका छन् । थापाले माग्नेको हात नै तल हुने भएकै कारण आर्थिक अवस्था बलियो बनाएर महिलाहरुलाई पनि पुरुषकै स्तरमा पुर्याउने उदेश्यलाई सार्थक बनाउन सके धेरै राम्रो हुने बताएका छन् ।

कामलाई व्यवसायीक बनाउने र आम्दानीका गतिविधीमा प्रत्येक्ष महिलाहरुलाई नै जोड्ने लक्ष्य सहीतको तालिम भएकोले सहभागि भएको सहभागि विन्दू खड्का थापाले बताएका छन् । तालिममा अधिकांश बच्चा बोकेरै आएका आमाहरु सहभागि छन् । 

No description available.त्रिभुवन शाहले सञ्चालन गरेको कार्यक्रमको स्वागत तथा उदेश्य बारे क्षीतीज सिंहले प्रकाश पारेका हुन् । भने तीनदिनसम्म खडकराज जैशीले तालिमको सहजिकरण गर्ने छन् । होटल हिलटममा सञ्चालित तालिम उद्घाटन समारोहमा पत्रकार कृष्ण ओली र आत्मराम न्यौपाने पनि सहभागि थिए । 

सहभागिले पारिवारीक संवाद र समझदारीमा नै व्यवसायीक तालिम सिक्न आएको बताएका छन् । पीसविन र भिएसओको सहकार्यमा लैगिक हिंसा प्रतिकार्य योजना सहीत सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्लामा कार्यक्रम सञ्चानलमा छ ।



सोमबार १५, फागुन २०७९ ०८:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.