बाजुराको १३ औं राष्ट्रपति रनिङ सिल्डको तयारी पुरा, ८ पालिकाका ७ सय बढी खेलाडी सहभागि हुने

नजिक न्युज संवाददाता    

बाजुराको १३ औं राष्ट्रपति रनिङ सिल्डको तयारी पुरा, ८ पालिकाका ७ सय बढी खेलाडी सहभागि हुने

बाजुरा : जिल्लाको १३ औं राष्ट्रपति रनिङ सिल्डको तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक जिल्ला खेलकुद समितिले सिल्डको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो । सिल्डमा बाजुरामा नौ वटा मध्ये ८ वटा पालिकाका खेलाडीहरु सहभागि हुने छन् । 

पालिका स्तरको खेलबाट छनोट भएका खेलाडीले मात्रै खेलमा भाग लिन पाउने जिल्ला खेलकुद समिति बाजुराका अध्यक्ष राकेश थापाले बताएका छन् । थापाका अनुसार एक पालिकाबाट ९० जनाका दरले ७ सय २० जना खेलाडी सहभागि हुने छन् । 

नौ वटा पालिका मध्ये स्वामिकमात्र्तिक खापर गाउँपालिकाले भाग लिने छैन् । पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड नै आयोजना नगरेकोले स्वामिकात्र्तिक खापर गाउँपालिका सहभागि हुनबाट वञ्चित भएको जिल्ला खेलकुद समितिले जनाएको छ ।

दशरथ माविको खेल मैदानमा हुने राष्ट्रपति रनिङ सिल्ड तीन दिनसम्म चल्ने बताइएको छ । तीन दिनको अवधी राखेपनि समयमै सम्पन्न हुन नसके एक दिन थप गरिने आयोजकले बताएको छ । खप्तड छेडेदह गाउँपालिका ७ मा रहेको दशरथ माविको खेल मैदान जिल्लामा प्याराफिट भएको एकमात्रै खेल मैदान हो । 

No photo description available.सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री नरेश कुमार शाहीले उद्घाटन गर्ने राष्ट्रपति रनिङ सिल्डमा प्रदेश सभा सदस्य जुना दानी, जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया सहीत जनप्रतिनिधी, दलका नेताहरु पनि सहभागि हुने छन् । खेल दिनको १२ बजेपछि उद्घाटन हुने छ । 

दशरथ माविमा यस अघि जिल्ला स्तरीय साविक गाविसकै सहभागितामा राष्ट्रपति रनिङ सिल्ड आयोजना गरिएको थियो । सिल्डमा चार वटा विधा अन्र्तगत भलिबल, कबड्डी, एथ्लेष्टीक्स र मार्सल आर्टका खेलहरु सञ्चालन हुनेछन् । जिल्ला खेलकुद समितिले खेलको हरेक वर्ष आयोजना गर्दै आएको छ । 

 



बिहिबार ११, फागुन २०७९ ०८:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.