बुढीनन्दाको सिद्धेश्वरी आवासीय विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन, ५५ जना विद्यार्थीको स्वास्थ्य परीक्षण

नजिक न्युज संवाददाता    

बुढीनन्दाको सिद्धेश्वरी आवासीय विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन, ५५ जना विद्यार्थीको स्वास्थ्य परीक्षण

बाजुरा : बुढीनन्दा नगरपालिकाको सिद्धेश्वरी आवासीय आधारभूत विद्यालयमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोही नगरपालिकाको वडा नं.९ डप्कस्थित आवासीय विद्यालयमा विद्यार्थीलाई लक्षित गरि सञ्चालन गरिएको स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

बुढीनन्दा नगरपालिकाको समन्वय तथा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा आवासीय विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्ने उद्देश्य सहीत एक दिने शिविर सञ्चालन गरिएको नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् ।

शिविरका लागि फेज नेपालले औषधि सहयोग गरेको हो । शिविरमा विद्यालयमा बस्दै आएका ५५ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर चेत्तबहादुर धामीले बताएका छन् ।

May be an image of one or more people, people sitting, people standing, outdoors and treeडाक्टर धामीकाअनुसार आवासीय विद्यालयमा गरिब, विपन्न, अनाथ, भोटृजनजातिका बालबालिकाहरु बस्दै आएका छन् । उनीको स्वास्थ्य परीक्षण गरेर आवश्यक औषधि वितरण हो । आवासीय विद्यालयमा बस्ने विद्यार्थीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी राख्नका लागि शिविरको आयोजना गरिएको नगरप्रमुख बोहराले बताएका छन् । 

शिविरमा कोल्टी प्राथमिकता स्वास्थ्य केन्द्र कोल्टीमा कार्यरत डाक्टर रन्जित शाह, स्त्रीरोग विशेषज्ञ सोनम गुरुङ, डा.चेत्तबहादुर धामी, हेल्थ असिस्टेन्ट कमल तिमिल्सिना, स्टाफनर्स भगवती रावल, अनमी रसिना श्रेष्ठ, बैध छत्र बम, रेडियोग्राफि कमल रावल, ल्याप टेक्निसियन मन्जु भाट लगायतको टोलीले विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको हो । 

शिविर एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम सिंह गुरुङको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा रहनु भएको थियो  ।

May be an image of 7 people, people sitting, people standing and outdoorsआवासीय विद्यालयका विद्यार्थीलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको उनले बताए । आगामी दिनहरूमा विद्यालयहरुमा आवश्यक  पर्ने सबै खाले सहयोग गर्न तयार रहेको बोहराले बताएका छन् ।

शिविरबाट ५५ जना विद्यार्थी सहीत ५० जना स्थानीयले समेत सेवा लिएका छन् । विद्यार्थी र स्थानीय गरि १०५ जनालाई परामर्श सहीत स्वास्थ्य परीक्षण गरेको स्वाथ्य कर्मीहरुले बताएका छन् ।

May be an image of 8 people, people sitting, people standing and outdoorsMay be an image of 6 people, people sitting, people standing and outdoors



शनिबार ०७, माघ २०७९ ०७:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.