बाजुरा : गौमुल गाउँपालिका–६ मा रहेको सुनकेशरी किशोरी संवाद केन्द्रले बालविवाह न्युनीकरणका लागि सडक नाटक प्रर्दशन गरेको छ ।
सहयोगी हातहरुको समूह (सहास) नेपालद्धारा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्र्तगत सञ्चालन भईरहेको संवाद केन्द्रले शुक्रबार जनचेतनामुलक सडक नाटक प्रदर्शन गरेको हो ।
सुनकेशरी किशोरी संवाद केन्द्रको आयोजना र सहयोगि हातहरुको समूह (सहास) नेपाल, समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाको आर्थिक सहयोगमा बालविवाह न्युनीकरण सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको किशोरी संवाद केन्द्रका सहजकर्ता शौभाग्य विकले बताएकी छन् ।
कार्यक्रममा नाटक र नारामार्फत बालविवाह अन्त्यका लागि चेतना दिईएको छ । गाउँले भाषामै तयार पारिएको सडक नाटक मार्फत बाक्लो अभिभावको उपस्थितिमा बालविवाह गरेपछि भोग्नुपर्ने समस्या र भागेर सानो उमेरमा विवाह गर्दा कस्ता समस्या आउँछन् भन्ने कुरा देखाएर सन्देश सहीतको सडक नाटक प्रदर्शन गरिएको विकले बताएकी छन् ।
संवाद कक्षामा अध्ययनरत किशोरीहरुले बालविवाहले पार्ने असरका बारेमा सबैलाई भेला गरी जनचेतनामुल सडक नाटक प्रदर्शन गरेको हो । नाटकमा बालविवाह गरेपछि पार्ने समस्याका बारेमा चित्रण गरेको थियो ।
ग्रामीण परिवेशमा देखिने कुरालाई नाटकमा उतारेर सन्देश दिएको सुनकेशरी किशोरी संवाद केन्द्र व्यवस्थापक समितिका अध्यक्ष तिलक बहादुर विकले बताएका छन् ।
नाटकै प्रभावले केही हदसम्म बालविवाह रोकिने अपेक्षा लिएको उनले बताए । एक औपचारिक कार्यक्रमकाबीच सडक नाटक प्रदर्शन गरिएको थियो । कार्यक्रमा बोल्दै गौमुल गाउँपालिका–६ का वडा सदस्य कलक चदाँराले बालविवाह मोबाइलका कारण बढी हुने गरेको बताएका छन् ।
अभिभावकले सानै उमेरमा मोबाइलको प्रयोग गर्न दिनाले बालविवाह हुने गरेको उनले बताए । प्रविधिसंगै जोडिनु राम्रो भएपनि सही सदुपयोग नगर्नाले बालविवाहको दर बढ्ने गरेको बताउँदै सकेसम्म छोरा–छोरीलाई मोबाइलबाट टाढा गराउँन वडा सदस्य चदाँराले आग्रह गरे ।
उमेर नपुगि विवाह गर्नाले विभिन्न किसिमका समस्या आईलाग्ने भएकाले बालविवाह नगर्न र नगराउँन कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । सहयोगि हातहरुको समूह (सहास) नेपाललाई धन्यवाद दिदै यस्ता नाटकले समाजमा केही न केही रुपमा प्रभाव पार्ने भएकाले सजचेतना जगाउँन आवश्यक रहेको र आगामी दिन समेत बालविवाह विरुद्धका जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने जरुरी रहेको बताईएको छ ।
सचेतनामुलक कार्यक्रमले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने संवाद केन्द्रको विश्वस रहेको छ । सडक नाटक कोपिला सहकारी संस्थाको भवनमा सञ्चालन गरिएको थियो ।
सुनकेशरी संवाद केन्द्रका अध्यक्ष तिलक विकको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिका–६ का वडा सदस्य कलक चदाँरा रहनुभएको थियो । भने विशिष्ट अतिथिमा रेडियो गौमुलका स्टेशन प्रवन्धक रमित विक, नेकपा एमाले गौमुल गाउँ कमिटी सदस्य जंगबहादुर रोकाया रहनुभएको थियो ।
बालविावह न्युनिकरण सम्बन्धि टोल स्तरीय र्याली
गौमुल गाउँपालिका–६ टाडाँकोटमा रहेको किशोरी संवाद केन्द्रले बालविवाह न्युनीकरण सम्बन्धी र्याली प्रदर्शन गरेको छ । सहयोगि हातहरुको समूह (सहास) नेपालद्धारा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्र्तगत टाडाँकोट टोलमा सञ्चालन भईरहेको सुनकेशरी संवाद केन्द्रले बालविवाह विरुद्ध टोल स्तरीय जनचेतनामुलक र्याली प्रदर्शन गरेको हो ।
टोल–टोलमै पुगेर बालविवाह विरुद्ध नारा सहीत जनचेतना जगाएको छ । बालविवाह अन्त्य गरौं, बालविवाह गर्नेलाई कानुनी कारबाही गरौँ, विहे बारी २० वर्ष पारी, नगरौँ विवाहका कुरा, भएको छैन २० वर्ष पूरा, लगायतका नारा लेखेका पम्पलेट हातमा समातेर किशोरीहरुले र्याली निकालेको थियो ।
किशोरी संवाद केन्द्रको आयोजना र सहयोगि हातहरुको समूह (सहास) नेपालको सहयोगमा बालविवाह न्युनीकरण सम्बन्धि टोल स्तरीय जनचेतनामुलक र्याली प्रदर्शनमा जनप्रतिनिधी, पत्रकार, अभिभावक र किशोरीहरुको बाक्लो सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस