बाजुरामा दोब्बर भडा असूल्ने सवारी साधन कारबाहीमा, यात्रुको भाडा फिर्ता

नजिक न्युज संवाददाता    

बाजुरामा दोब्बर भडा असूल्ने सवारी साधन कारबाहीमा, यात्रुको भाडा फिर्ता

बाजुरा : बाजुरामा तोकिएको भन्दा दोब्बर भाडा लिने सवारी साधनलाई कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरा र जिल्ला ट्राफिक प्रहरीले भाडादर कार्यान्वयन नगर्ने सवारीलाई कारबाही सहीत कडाई गरिएको हो ।

तोकिएको भन्दा बढी भाडा उठाउने नागरिकको व्यापक गुनासोपछि भाडादर कायम गरेको थियो । प्रत्येक ठाउँको भाडा कायम गर्दा समेत कार्यान्वयनमा नल्याउने र मनोमानित भाडा असुल्ने सवारीलाई कडा कारबाही गरि भाडा फिर्ता गराउन थालिएको छ । 

यात्रुको चापको फाईदा उठाएर तोकिए भन्दा बढी भाडा उठाएपछि ईलाका प्रहरी कार्यालयले विभिन्न ठाउँमा चेकजाँच गर्दा भाडा फिर्ता गरिएको हो । भाडादर पूर्ण रुपमा कार्यान्वयनका लागि प्रहरी ईलाकाहरुबाट विभिन्न स्थानहरुमा चेकजाँच भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

बाजुरा जिल्ला भित्रका सडकमा चल्ने याुत्रवाहक सवारी साधनको प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले माघ २० गते सर्वाजनिक गरेको भाडादर कार्यान्वयन नगर्नेलाई कडा कारबाही सहीत भाडा असुल्नेलाई फिर्ता गराउने गरिएको छ । 

हिमाली गाउँपालिका अन्र्तगत पिलुचौरबाट धुलाचौर जादै गरेको सवारी साधनले ७ जना याुत्रबाट प्रति व्यक्ति ४ सयका दरले भाडा लिएको पाईपछि उक्त सवारीलाई नियन्त्रणमा लिई यात्रुलाई फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

धुलाचौर जादै गरेको सुपप्र ०१००१ ज ११६४ नम्बरको सवारी साधनले तोकिएको भडा भन्दा बढी लिएको २६८ रुपैयाँ यात्रुलाई फिर्ता गरिएको प्रहरीले बताएको छ । सवारी साधनहरु कायम गरिएको भाडादर कार्यान्वयन नगरि यात्रुबाट मनोमानित भाडा असुल्ने गरेपछि प्रहरीले थप कडाई गरेको छ । 

भाडादर कार्यान्वयन भएनभएको विषयमा जिल्लाभरि अनुगमन भइरहेको र कार्यान्वयन नभएको पाईएमा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक सूर्यबहादुर थापाले बताएका छन् । 

जिल्ला प्रहरी कार्यालयले प्रत्येक ईलाका प्रहरी कार्यालयलाई सवारी चेकजाँच गरि पूर्ण रुपमा भाडा कार्यान्वयन गराउन निर्देशन दिएपछि हाल भाडादर कायम हुन थालेको छ । चेक जाँचमा कडाईका साथै बढी भाडा लिने सवारीलाई कारबाही सहीत यात्रुलाई भाडा फिर्ता गराउने गरिएको छ ।



बुधबार ०४, माघ २०७९ ०९:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.