टेलिफोन सेवा नियमित गर्न नेविसंघ बाजुराको माग

नजिक न्युज संवाददाता    

टेलिफोन सेवा नियमित गर्न नेविसंघ बाजुराको माग

बाजुरा : नेपाल विद्यार्थी संघ बाजुराले जिल्लाको टेलिफोन सेवा नियमित गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउदै नेविसंघले हप्तादिन यता अवरुद्ध बाजुरा सहीत छिमेकी जिल्लाको टेलिफोन सेवा सुचारु गर्न माग गरेको हो । 

नेविसंघ बाजुराको अध्यक्षको जिम्मेवारी पाए लगत्तै जनक थापा नेतृत्वको टिमले नेपाल टेलिकमले सञ्चालन गरेको सम्पूर्ण मोबाइल सेट, ल्यान लाइन र इन्टरनेट सेवा आउने जाने भइरहेको र उपभोक्ताले हैरानी बेहोर्नु परेको भन्दै सुचारुका लागि माग गरेको छ ।

नेविसंघले प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै गएर प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । सेवा अनियमित भएपछि सेवा ग्राहीले हैरानी बेहोर्नु परेको छ ।

दिनमा कुनै बेला फोन लाग्ने भएपछि अधिकांश समय फोन सम्पर्क नै नहुने गरेको समस्या देखिएको छ । फोन नै लाग्दैन्, लागेपनि सुनिदैन्, तर टावर देखाइरहने गरेको गुनासो सेवा ग्राहीको छ । नेपाल टेलिकमको लापरवाहीका कारण नै सेवा अस्तव्यस्त भएको आरोप सेवा ग्राहीको छ ।

फोर जी सेवा सञ्चालनको बाहनामा फोन सेवा नै बिग्रीएको आरोप सेवा ग्राहीको छ । अप्टीकल फाइबर जडान गर्ने तयारीमा रहेको नेपाल टेलिकम बाजुरा शाखाले कुनै समयमा पनि सहज र प्रभावकारी सेवा दिन सकेको छैन् ।

सेवा ग्राहीले फोन सेवा वापतको शुल्क बुझाएपनि सेवा प्रति सन्तुष्ट देखिएका छैनन् । ल्यान लाइन मार्फत चल्ने एडीएसएल सेवा समेत प्रभावित बनेको छ । तर टेलिकम बाजुरा शाखाका कर्मचारी बेखबर जस्तै बनेका छन् ।

नियमित गुनासो गएपनि त्यसको कुनै वास्ता गरिएको छ । स्थानीय प्रहरी प्रशानस, प्रमुख जिल्ला अधिकारी मार्फत पनि सेवा प्रभावकारी बनाउन पहल नभएको जनगुनासो छ । स्थानीयले सेवा प्रभावकारी नदिनेभए कार्यालय बन्द गर्न चेतावनी दिएका छन् ।

फोन र इन्टर नेटको पैसा दिनु पर्ने, तर सेवा नदिने कुरा सहन सकिदैन्, फोन सञ्चालन हुँदा पनि प्रष्ट सुनिदैन्, सेवा सञ्चालन नहुँदा झनै पैसा काट्ने सेवा नहुने अवस्थाको अनत्य गर्न माग गरेका छन् । 



मङ्गलबार ०३, माघ २०७९ ०९:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.