बाजुरा : बडीमालिका नगरपालिकाले १२ औं नगर सभा सञ्चालन गरेको छ । ऐन नीति नियम र कार्यविधी पारित गर्ने र नयाँ योजना तर्जुमा गरि नगर सभा सकिएको छ । हिँउदे अधिवेशन स्वरुप सञ्चालन हुने नगर सभाले १२ वटा निर्णय पारित गर्दै सकिएको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।
नगर सभाले बडिमालिका गरपालिकाबाट लगाउने सेवाशूल्क, कर, दस्तुर उठाउने लगायत अर्थ सम्बन्धी राजश्व परामर्र्श समितिबाट पेश भएको ८०।०८१ आयव्ययको प्रक्षपण स्वीकृत गरेको छ । भने अर्थबार्षिक समिक्षा गरी सभामा पेश भएको प्रतिवेदन अनुमोदन गरिएको छ ।
नगरपालिकाले २ करोड ६४ लाख बजेट संसोधन रकम थपघट गर्न आर्थिक प्रशासन शाखाबाट पेश भए बमोजिम संशोधन स्वीकृत गरेको छ । वडातहमा फरफारक भएका योजना अनुमोदन गरेको छ । गएको वर्षमा स्वीकृत कार्यालयका स्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारीहरुको थप प्रोत्साहन सुविधा सम्बन्धी कार्यापालिकाको निणर्य अनुुमोदन गरेको छ ।
यस्तै विषयगत समितिजिम्मेवारी हेरफेर गरी कार्यपालिबाट भएका निणर्यहरु स्वीकृत गर्ने निणर्य गरेको छ । शिक्षण सिकाइ सहयोगका लागि विद्यालयलाई एकमुष्ट अनुदान तथा शिक्षक नियुक्ति सम्बन्धी कार्यविधि–२०७९, विषयगत समितिको कार्यसन्चालन विधयक २०७९, एम्बुलेन्स संचालन सम्बन्धी विधयक २०७९, स्थानीय आपतकालिन कार्य संचालन केन्द्र संचालन विधेयक २०७९ पारित गरेको छ ।
यसैगरी भू उपयोगकार्यविधि २०७९, एकलपुुरुष, एकल महिला एवं ग बर्ग अपाङ्ग भएकाव्यक्तीलाई पोषण भत्तावितरण कार्यविधि २०७९, उपचार सहयता सहयोग कार्यविधि २०७९, आदिवादीजनजाती समन्वय समिति गठन तथा परिचालनकार्यविधि २०७९, सुचनातथा संचार प्रविधिप्रयोग सम्बन्धीकार्यविधि २०७९ पारित गरिएको नगर उपप्रमुख नन्दा थापाले बताएकी छन् ।
यसैगरी होमस्टे संचालन कार्यविधि २०७९, बडिमालिका नगरपालिकाअन्तर स्थानीयतहसमन्वय सम्बन्धीकार्यविधि २०७९, नगर स्तरीय खेलकुदविकास तथाव्यवस्थापनकार्यविधि, नगर शिक्षानियमावलीपहिलो संसोधनविधेयक २०७९, विद्यालय घुुम्ती खेलकुद, संगित स्वास्यकर्मी स्टाफ नर्स संचालनकार्यविधि २०७९ पनि पारित गरेको छ ।
शिक्षण सिकाइ सहयोगका लागि विद्यालयलाई एकमुष्ट अनुदान तथा शिक्षक नियुक्ति सम्बन्धीकार्यविधि–२०७९ नयाँ शैक्षिक सत्र शुुरु भए देखि (२०८० बैशाख १ गते ) लागुु हुने छ । भने नयाँ ऐन नियमहरु राजपत्रमा प्रकाशसन भएदेखि लागुु भएको मानिने सभाले पारित गरेको छ ।
नगर प्रमुखको तोक आदेशबाट पारित वा विनियोजित योजनाको नगर सभाबाट पारित गरि कार्यान्वयन गर्ने निर्णय गरेको छ । बडीमालिका नगरपालिकाको संगठन तथा ब्यवस्थापन गर्ने र सो नहुन्जेलसम्म वैकल्पिक व्यवस्थाबाट नगरपालिका, वडा कार्यालयमाकर्मचारी व्यवस्थापन÷परिचालनगर्ने प्रस्ताव स्वीकृत गरी नगरपालिकालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले सञ्चालन गरेको कार्यक्रमममा नगर उपप्रमुख नन्दा कुमारी थापाले विषयगत कार्यविधी प्रस्ताव गर्नु भएको थियो । भने नगर प्रमुख अमर खड्काले निर्णयार्थ सभामा पेश गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस