बाजुरा सदरमुकाम भित्रका अधुरा सडक बनाउन बडीमालिकाले थाल्यो निर्णायक पहल

नजिक न्युज संवाददाता    

बाजुरा सदरमुकाम भित्रका अधुरा सडक बनाउन बडीमालिकाले थाल्यो निर्णायक पहल

बाजुरा : बडीमालिका नगरपालिकाले मार्तडी भित्रका सडकको स्तरउन्नती गर्न र निर्माण अधुरा सडक पुरा गर्न सम्बन्धीत कार्यालयलाई तोकेता गर्ने भएको छ । बर्षौदेखि जिम्मा लिएर काम नभएका र नगरेका सडक तत्काल निर्माण पुरा गर्न निर्णायक पहल थाल्ने तयारी पालिकाले गरेको छ ।

निर्णायक पहलको सुरुवाद स्वरुप नगर प्रमुख अमर खड्काले जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्र भित्रका निर्माण अधुरा रहेका र मर्मत गर्नु पर्ने सडकको अवस्था बारे जानकारी लिएका छन् । नगर प्रमुख अमर खड्का सहीत नेकपा एमाले नेता गगन रावल सहीतको टोलीले सडकको स्थलगत अवलोकन गरेका छन् ।

कामको जिम्मा लिने, राज्य र नागरिक माथि ठगि गर्ने ठेकेदार कम्पनी र सम्बन्धीत कार्यालयलाई ताकेता पत्र नै पठाउने तयारी सहीत नगरपालिकाले प्रक्रिया अघि बढाउन लागेको नगर प्रमुख अमर खड्काले बताएका छन् । 

नगरपालिकाको कार्य क्षेत्र नभएपनि पालिका भित्रै सडक सहीत निर्माण योजनाको काम अलपत्र अवस्था भइरहदाले टुलुटुलु हेरि बस्न नैतिकताले नै नमान्ने भन्दै आफूहरुले निर्णायक पहल थाल्ने नगर प्रमुख खड्काले बताएका छन् । 

मार्तडीमा अझै आधा दर्जन बढी शाखा सडकहरुको काम अधुरै अवस्थामा छ । बस पार्क व्यवस्थीत हुन सकेको छैन् । बजार क्षेत्रका टोलमा निर्माण सुरु गरिएका सडकको काम नै पुरा गरिएको छैन् । 

काम भए नभएको बारे सम्पूर्ण जिम्मा लगानी गर्ने राज्यकै अन्य निकायको भएपनि पालिका भित्रको काममा नगरको प्रमुख सरोकार हुने भएकोले एक्सन लिन पर्ने अवस्था आएको पालिकाले बताएको छ । 

स्वच्छ, सफा, व्यवस्थी र सुन्दर नगरपालिका बनाउने उदेश्य राखेको पालिकाले जिल्लाका नौ वटै पालिकाको अनुहार प्रतिबिम्बीत हुने सदरमुकामलाई अव्यवस्थीत र पुरानै अवस्थाको राख्न नसकिने भएकोले नगरपालिकाले निर्णायक भूमिका खेल्नु पर्ने नेकपा एमाले नेता गगन रावलले बताएका छन् ।

स्थलगत अनुगमनका सहभागि सडक डिभिजन कार्यालय साँफेका बिबेक बस्नेत आफ्नो कार्यालय अन्र्तगतका सबै सडकको काम पुरा गराउने जिम्मा आफूले लिने र तत्काल काम अघि बढाउने वचन दिएका छन् । मार्तडीमा अझै सडक सञ्जाल व्यवस्थीत भएका छैनन् । सवारी पार्किगका लागि निश्चित क्षेत्र नै तोकिएको छैन् । 



मङ्गलबार २६, पुष २०७९ ०७:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.