सुशिल रोकाया, बाजुरा : गौमुल गाउँपालकामा सञ्चालन गरिएको एकिकृत स्वास्थ्य शिविरबाट ११ सयभन्दा बाढी नागरिकले सेवा लिएका छन् । गौमुल गाउँपालिकाको समन्वय तथा स्वास्थ्य शाखाको आयोजनामा ६ वटै वडामा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ११३५ जनाले स्वास्थ्य परीक्षण गरेको हो ।
नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका सहीत पालिकाका सबै वडाहरुमा डाक्टर सहीतको स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । पहिलो चरणमा वडा नं.१,२, र ३ नम्बर वडामा मंसिर २० गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको थियो । भने दोस्रा चरणमा ४,५ र ६ नम्बर वडामा पुस १४ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको थियो । एकिकृत स्वास्थ्य शिविर प्रत्येक वडामा २÷२ दिन सञ्चालन गरिएको हो ।
गौमुल गाउँपालिकाका सबै वडामा लक्षित गरि सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट धेरैले उपचार गर्न पाएका छन् । गाउँमै स्वास्थ्यकर्मीको टोली पुगेर नागरिकको स्वास्थ्य परीक्षण गरेपछि दुर्गमका नागरिकहरु खुशी भएका छन् ।
विभिन्न समस्याले अस्पताल सम्म पुग्न नसकेको कतिपय विरामीहरुले शिविरबाट सेवा लिएका छन् । गाउँमै एकिकृत शिविर सञ्चालनले गरिब, विपन्नका लागि झनै उपलब्धीमुलक बनेको छ ।
दुर्गमका नागरिकलाई सहज स्वास्थ्य उपचार दिने लक्ष्य रहेको शिविरबाट प्रत्येक वडाका धेरै व्यक्तिहरुले स्वास्थ्य परीक्षण गरेका छन् । गाउँपालिका भरी सबैभन्दा बढी १०४ जना महिलाले पाठेघर चेकजाँच गरेको स्वास्थ्य शाखाले तयार पारेको तथ्याङ्कमा रहेको छ ।
त्यसैगरी ग्रामीण अल्टासाण्ड ८१ जना, साधारण अल्टासाण्ड खकार टेष्ट १७५ जना, एक्सरे २२ जना, इम्पलान्ट २५ जना, जटिल प्रकृतिका विरामी ५८ जना, ओपीडिबाट ९६५ जनाले सेवा लिएका छन् । जसमा महिला ८२५ जना र पुरुष ३१० जनाले शिविरबाट स्वास्थ्य सेवा लिएको स्वास्थ्य शाखा प्रमुख हरिशचन्द विकले बताएका छन् ।
शिविरमा गौमुल स्वास्थ्य शाखा संयोजक हरिशचन्द्र विक, घट्मुना आधारभूत अस्पतालका डाक्टर रामनुज हाथि, स्वास्थ्य शाखा सीनियर अनमी रमा (थापा) रोकाया लगायतका स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा दिएका थिए । विभिन्न कारणले उपचारबाट बञ्चित भएका नागरिकहरुलाई लक्षित गरि सञ्चालन गरिएको शिविरबाट धेरैले सेवा लिएका छन् ।
प्रतिकृया दिनुहोस