बाजुरा : गौमुल गाउँपालिकामा कृषि मेलाको आयोजना गरिएको छ । रैथाने बालीको प्रवद्र्धन सहीत कृषकलाई व्यवसायिकता तर्फ उन्मुख गराउन बृहत कृषि तथा खाद्य मेला प्रदर्शनी गरिएको हो ।
आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार, शिक्षा, स्वास्थ्यमा सुधार, जडिबुटी, पर्यटन प्रवद्र्धन र सहकारी मार्फत कृषि जन्य व्यपार भन्ने मुल नाराका साथ मंगलबार गाउँपालिको केन्द्र घट्मुनामा कृषि मेलाको आयोना गरिएको हो । गौमुल गाउँपालिका कृषि विकास शाखा र आईएनएफ नेपालको आर्थिक सहयोगमा कृषि उत्पादकत्व वृद्धिका लागि कृषि मेला प्रदर्शनी गरिएको हो ।
मेलामा आफ्ना कृषि उत्पादन बोकेर आएका कृषक निकै उत्साहित देखिन्थे । गौमुल गाउँपालिका–१, २, ३, ४, ५ र ६ नम्बर वडाका कृषकको परिश्रम भेला गरिएको मेलमा उनीहरुले दर्जन प्रकारका उत्पादन प्रर्दशन गरेका थिए । कृषि मेलमा गौमुल गाउँपालिका–२ बस्ने गिता सार्की आफूले परिश्रम गरेर फलाएका विभिन्न उत्पादन बोकेर मेलामा सहभागि थिएकी थिइन् । उनले भनिन् कृषकले आफ्ना उत्पादन देखाएर मात्र भएन, व्यवसायीक बन्नुपर्ने छ । हामीले विभिन्न तरकारी फलफूल त फलाएका छौ, तर बजार नहुँदा उत्पादित बस्तुहरु खेर गएका छन् । त्यसैले हामीले उत्पादन गरेको हरेक कृषि उपजका लागि समयमै बजार सम्म पुर्याउने वातावरण भएको भएझन सहज हुने थियो ।
आत्मनिर्भर हुनका लागि फलाएका फलफूल तथा तरकारीले बजार पाउनु पर्यो, भौगोलिक हिसाबले विकट त्यसैमा गाडीको सहज सुविधा छैन्, जति मेहनत गरेर उत्पादन गरेपनि बजार नपाउँदा समस्या भोग्नु परेको उहाँको भनाई छ । तर कृषि मेलामा सबै कृषि उपज देख्न पाउँदा उत्साहित भएको सार्कीले बताएकी छन् । मेलामा सबैले आ–आफूले उत्पादन गरेका कृषि उपजहरु देख्न पाउँदा फलफूल, तरकारी लगायतका विभिन्न बाली बढी फलाउने हौसला प्रदान भएको सार्कीको भनाई थियो ।
गौमुल गाउँपालिका कृषि शाखाको आयोजना तथा आईएनएफको आर्थिक सहयोगमा सञ्चालन गरिएको मेलामा करिब १७५ जना कृषकले ३११ प्रकारका कृषि उत्पादन सहीत अर्गानिक परिकार प्रदर्शनमा राखेका थिए । मेलामा कृषकले तरकारी ६३, मसला ६०, फलफुल ३५, दलहल बाली ३०, खाद्यान्न बाली ५०, नगदेबाली १८, विविध आलु तथा जरे बाली ५५ वटा प्रदर्शनीमा राखेको थियो ।
कृषकले गरेको काम र देखिएको उत्साहले सबैले नै खुशी देखिन्थे । कृषि शाखा प्राविधिक रमेश विकले एक कृषकबाट अर्को कृषकले सिक्ने अवसर प्रदान गर्ने विश्वस व्यक्त गरेका छन् ।
पालिकाका अधिकांस व्यक्ति कृषिमा आत्मनिर्भर रहेपनि तर उपभोग कम मात्रामा भएकोले उत्पादकत्व वृद्धिसंगै उपभोग बढी गर्न किसानलाई गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । धेरै भन्दा धेरै उत्पादन गरि व्यवसायीक बन्न कृषकलाई आग्रह गर्नुभएको थियो ।
हरेक व्यक्तिहरुले बरीमा उत्पादन गरेका बस्तुहरुसंग नजिक हुन र त्यसलाई उपभोग गर्ने क्षमता वृद्धि होस भन्ने उद्देश्य सहीत प्रत्येक वर्ष कृषि मेला प्रदर्शनी गरिर्दै आएको उनले बताए । रोकाया भने कार्यक्रममा बाली प्रदर्शनी गरेर मात्र सार्थक हुदैन्, उत्पादन गरेको कृषि उपजलाई उपभोग गरेको हुनुपर्छ, बजारिया विभिन्न विषादीयुक्त अखाद्य चिजहरु प्रयोग गर्नाले वर्तमान समयमा अस्वस्थता बढ्दै गएको छ जसले गर्दा विभिन्न प्रकारका रोगहरुले आक्रमण गरी थला पर्ने परिस्थिति सिर्जन खानपिनले हुने गरेको बताउँदै बानीको विकास गर्नुपर्ने बताए ।
सहज जीवन निर्वाह गर्नका लागि स्वस्थ आहारा, स्वाच्छ खानेकुरा, स्वास्थ्यका लागि आवश्यक पर्ने विभिन्न प्रकारका मात्राहरु मलिाएर खाने वतावरण गनुपर्ने आवश्यक रहेको उनले भने । हरेक वर्ष एकएक पटकको कृषि मेला प्रदर्शनी कार्यक्रमले कृषकमा उत्पादनका लागि उर्जा दिईरहेको पनि उनले बताए ।
रैथाने बालीको बजारिकरण गर्नका लागि यहाँकै उत्पादनको उपभोग गराउने लक्ष्य सहीत विभिन्न परिकारको विधिकरण गरेर कोदोको विस्कुट, फापरको केक, कोदोको चाउमिन, आलुका परिकारहरु समेत स्टलमा प्रदर्शन गरिएको थियो ।
कृषि मेलामा गौमुल गाउँपालिका ६ वटै वडाका महिला अधिकार मञ्चले देउडा समेत प्रस्तुत गरेको थियो । महिलाहरुले देउडा मार्फत बजारिया अखाद्य बस्तुहरु नखाउ, अगार्निक बाली उत्पादन गरि स्वस्थकर जीवन जिउने बानीको विकास गरौं भन्ने सन्देशमुल देउडा प्रस्तुत गरेकोे थियो ।
कृषि मेलामा सम्पूर्ण बोल्ने बक्ताहरुले आफूले फलाएका तरकारी आफैले उपभोग गर्नु पर्नेमा जोड दिएका थियो । फलाउने मात्र तर आफूले उपभोग कम गर्ने गरेकाले उत्पादनमा वृद्धि गरी उपभोग गर्ने बानीको विकास गर्न जरुरी रहेको बताएका थिए ।
गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको अध्यक्षतमा सञ्चालन गरिएको कृषि मेला प्रदर्शनी कार्यक्रममा उपाध्यक्ष सीता थापाले स्वागत मन्तव्य राख्नु भएको हो । उपाध्यक्ष सीता थापा, वडा नं.१ वडाध्यक्ष देवेन्द्र बहादुर रोकाया, २ का वडाध्यक्ष देवबहादुर रोकाया, ३ का वडाध्यक्ष गोरख बहादुर बोहरा, ४ का वडाध्यक्ष अमर बहादुर विक, ५ का वडाध्यक्ष कलक बहादुर सिंह र ६ नम्बरका वडाध्यक्ष प्रकाश बहादुर रोकायाको सहभागि रहेको थियो ।
उत्कृष्ट ३ कृषकलाई पुरस्कार सहीत सम्मान
गौमुल गाउँपालिकामा ३ उकृष्ट किसानलाई सम्मान सहीत पुरस्कृत गरिएको छ । कृषि मेला प्रद्र्धशनी कार्यक्रममा ३ कृषकलाई पुरस्कार सहीत सम्मान गरिएको हो ।
गौमुल गाउँपालिका कृषि शाखाको आयोजना तथा आईएनएफ नेपालको आर्थिक सहयोगमा आयोजान गरिएको मेलामा वर्षभरी आफ्नै लगानीमा कृषि कार्य गरिरहेका ३ उत्कृष्ट कृषकलाई सम्मान गरिएको कृषि शाखा नायव प्राविधिक सहायक रमेश विक बताएका छन् ।
गौमुल गाउँपालिका ६ का धनबहादुर रोकाया, वडा नं.४ का कलक बुढा, वडा नं.२ लक्ष्मी धामीलाई पुरस्कृत गरिएको उनले बताए । सम्मान गरिएका उनीहरुले तरकारी उत्पादन गरि बजारीकरण गरेर बजारमा विक्रि वितरण गरेर मुनाफाको रेकड राख्ने अन्य साना किसान भन्दा व्यवसाय बन्न खोजका र कृषि विकास शाखामा नियमित सम्पर्क सहीत सहजीकरण, समन्वय तथा सोधपुछ गरिरहेको आधार तय गरि सम्मान सहीत पुरस्कृत गरिएको विकले बताएका छन् ।
उत्कृष्ट प्रत्येक व्यक्तिलाई करिब १० हजार बराबरको कृषि सामाग्री सहीत प्रमानणपत्र दिईएको थियो । यसले गर्दा थप कृषि पेशामा आत्मनिर्भर बनाउन सहयोग पुग्ने र कृषक कृषि पेशालाई थप फराकिलो बनाउने अपेक्षा गौमुल गाउँपालिका कृषि शाखाले लिएको छ ।
कृषि मेलामा प्रदर्शनीको अवसरमा गौमुल गाउँपालिका कृषि शाखाले प्रत्येक वर्ष पुरस्कृत गर्दै आएकोले उत्पादकत्वमा वृद्धि तथा मेहनत गर्ने प्रेरणा जागेको पुरस्कृत किसानले बताएका छन् । पुरस्कार गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया र उपाध्यक्ष सीता थापाले हस्तान्त्रण गरेका थियो ।
प्रतिकृया दिनुहोस