रेडियो बाजुराका संस्थापक प्राविधिक र पीसविनका संस्थापक कर्मचारी ओलीको निधन

नजिक न्युज संवाददाता    

रेडियो बाजुराका संस्थापक प्राविधिक र पीसविनका संस्थापक कर्मचारी ओलीको निधन

बाजुरा : रेडियो बाजुराका संस्थापक प्राविधिक हर्कबहादुर ओलीको निधन भएको छ । चिसोले लगातार वान्ता हुने र श्वासप्रश्वासमा समस्या देखिएपछि ओलीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा निधन भएको हो ।

घरबाट बोकेर उपचार लिन गएको करिब ४५ मिनेट पछि श्वास फेर्न समस्या भएर मृत्यु भएको छोरी वीरबहादुर ओलीले बताएका छन् । घाँटीमै श्वास फेर्न समस्या देखिएपछि उपचारकै क्रममा पौष १८ गते राती ९ बजेपछि मृत्यु भएको जिल्ला अस्पताल बाजुराले बताएको छ ।  

ओली रेडियो बाजुराको स्थापनाको समयमा प्राविधिकको रुपमा कार्यरत थिए । २०६४ चैत्र देखि २०६५ सालसम्म १ वर्ष रेडियो बाजुराको संस्थापक कर्मचारी र प्राविधिक भएर काम गरेका थिए । २०५० साल देखि पीसविन नेपालमा कार्यरत ओलीले सामाजिक सेवामा नै तीन दशक बढी बिताएका थिए ।

पछि व्यवसायीक जीवन सुरु गरेपछि ओलीले पीसविन र रेडियो बाजुराको जागिर छोडेका थिए । मार्तडीमा व्यवसाय गर्दै आएका ओलीका ४ छोरी र १ छोरा छन् । श्रीमति यस अघि नै गुमाइ सकेका ओलीले अघिल्लो वर्ष मात्रै अर्को विवाह गरेका थिए । 

सामाजिक अभियान्ताको मृत्युको खबर प्रति सामाजिक सञ्जाल मार्फत सयै शुभचिन्तकहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । रेडियो बाजुरा सञ्चालक समिति अध्यक्ष लाबहादुर ओलीले रेडियो स्थापनाको पहिलो प्राविधिकका रुपमा कार्यरत ओलीको निधन प्रति गहिरो दुख व्यक्त गरेका छन् ।

सूचना तथा सञ्चार क्षेत्रको प्रवद्र्धन र सामाजिक विकासका क्षेत्रमा ओलीले पुर्याएको योगदान महत्वपूर्ण र मार्ग निर्देश हुने अध्यक्ष लालबहादुर ओलीले बताएका छन् । यस्तै पीसविन नेपालीका तर्फबाट अध्यक्ष विमला थापाले पनि शोक वक्तव्य मार्फत दुख व्यक्त गरेकी छन् । 

पीसविनलाई यो स्थापना पुर्याउन स्थापना काल देखि नै महत्वपूर्ण योगदान गरेकोमा उच्च सम्मान सहीत संस्थाले असल अभिभावक गुमाएको शोक वक्तव्यमा उल्लेख गरिएको छ । करिब ५२ वर्षको अल्मआयुमै मृत्यु भएका ओलीको आजै दाह संस्कार गरिएको छ । 

गृह पालिका खप्तड छेडेदह गाउँपालिका ७ मा हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएका आफन्त प्रेम ओलीले बताएका छन् । नेकपा एमालेका सक्रिय कार्यकर्ता समेत रहेका ओलीलाई नेकपा एमालेका नेता एवं ७ नम्बर वडाका सदस्य रणबहादुर ओलीले पार्टीको झण्डा समेत ओढाएका थिए ।  



मङ्गलबार १९, पुष २०७९ ०७:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.