काँग्रेस बाजुराले फागुनमा पालिका प्रशिक्षण र जिल्ला सम्मेलन गर्ने

नजिक न्युज संवाददाता    

काँग्रेस बाजुराले फागुनमा पालिका प्रशिक्षण र जिल्ला सम्मेलन गर्ने

बाजुरा : नेपाली काँग्रेस बाजुराले फागुनमा पालिका प्रशिक्षण तथा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टी जिल्ला समितिको २० औं बैठकले आगामी फागुनमा नौ वटै पालिकामा प्रशिक्षण भेला र जिल्ला स्तरमा जिल्ला सम्मेलन राख्ने निर्णय गरेको हो ।

प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन सकिएपछि पहिलो पटक बसेको काँग्रेस जिल्ला कार्य समितिको बैठकले मजबुद पार्टी बनाउन पार्टीका कार्यकर्तालाई शसक्तिकरण गर्न र पुर्नजागरण गर्ने सम्मेलन र पालिका प्रशिक्षण गर्न लागिएको पार्टी प्रवक्ता रमा कुमारी रावलले जानकारी दिएकी छन् । 

मार्तडीमा बसेको बैठकले फागुन २७ गते जिल्ला सम्मेलन गर्ने निर्णय समेत गरेको छ । पालिका प्रशिक्षण र जिल्ला सम्मेलन सञ्चालनका लागि पार्टीका उप सभापति बडुवालको नेतृत्वमा टोली गठन गरेको छ । 

यसैगरी पार्टीको जिल्ला सम्मेलनका लागि विभिन्न उप समिति गठन गरिएको छ । जिल्ला सम्मेलनको तयारीका लागि पार्टीका कोषाध्यक्ष भीमानन्द पाण्डे संयोजक रहेको आर्थिक समिति,पार्टी सचिव भरत रोकायाको संयोजक रहेको वार्षिक कार्यक्रम सहित सांगठनिक प्रतिवृेदन उपसमिति र पार्टी सचिव तिलकराज पुरी संयोजक रहेको राजनितिक प्रतिवेदन उप समिति बनाईएको पार्टी प्रवक्ता रावलले बताएकी छन् । 

नेपाली काँग्रेस बाजुराका सभापति रामसिं रावलको अध्यक्षतामा बैठक नेपाली काँग्रेस विपी स्मृती भवन पार्टी कार्यालयमा बसेको हो । बैठकको संचालन पार्टी सचिव भरत रोकायाले संचालन गरेका थिए । काँग्रेसले पार्टी भित्रको आन्तरिक एकता र गठबन्धनका कारण चुनाव पक्षमा पार्न सफल भएको निष्कर्ष निकालेको छ । 

 



मङ्गलबार १९, पुष २०७९ ०७:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.