नेकपा एस सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा नरेश शाही चयन

नजिक न्युज संवाददाता    

नेकपा एस सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा नरेश शाही चयन

बाजुरा : नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा नरेश कुमार शाही चयन भएका छन् । बाजुरा निर्वाचन क्षेत्र (क) बाट विजयी शाही दलको प्रमुख सचेतक बनेका हुन् । 

नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेतामा दीर्घ सोडारीलाई चयन गरेको छ । पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा बसेको बैठकले शाहीलाई प्रमुख सचेतक र सोडारीलाई दलको नेता चयन गरेको हो ।

सोडारी कैलाली निर्वाचन क्षेत्र ४(क) बाट विजयी भएका थिए । सोडारी अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् । धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कन्चनपुरबाट निर्वाचित प्रकाश रावललाई चयन गरेको छ । 

भने यस्तै सचेतकमा माया पन्त लाई तोकेको छ । सोराडी, रावल र शाही प्रत्यक्षबाट निर्वाचित भएका हुन् । भने पन्त समानुपातिक सूचीबाट सांसद बनेकी हुन् । ५३ सदस्यीय प्रदेश सभामा ४ सिट रहेको समाजवादीका चारै जना सांसदले पद पाएका छन् । 

 



शुक्रबार १५, पुष २०७९ ०५:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.