बाजुराको गौमुल गाउँपालिकामा एकिकृत स्वास्थ्य शिविर सञ्चालन

नजिक न्युज संवाददाता    

बाजुराको गौमुल गाउँपालिकामा एकिकृत स्वास्थ्य शिविर सञ्चालन

बाजुरा : बाजुराको गौमुल गाउँपालिकाका विभिन्न वडामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको समन्वय र स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । 

नागरिकलाई सहज स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्य सहीत पालिकका सबै वडाहरुमा डाक्टर सहीतको एकिकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।

नागरिकहरुको पायक पर्ने स्थनानमा क्रमस चिकित्सक सहीतको स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए । पालिकाका यसअघि १, २ र ३ नम्बर वडामा एकिकृत स्वास्थ्यय शिविर सञ्चालन गरिएको थियो । बाकी रहेका वडाहरुलाई लक्षित गरि विहीबारबाट पुनः एकिकृत स्वास्थ्य शिविर सुरु सञ्चालन गरिएको छ ।

पालिका भित्रका सबै वडाहरुमा सञ्चालन गर्ने लक्ष्य सहीत विहीबार ५ नम्बर वडाबाट सुरु गरिएको छ । एक औपचारिक कार्यक्रमकाबीच गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले उक्त वडामा शिविर उद्घाटन गर्नुभएको हो । 

No description available.शिविरबाट पहिलो दिन वडा नं. ५ का ७१ जनाले सेवा लिएका छन् । जस मध्ये पुरुष ५३ र महिला १८ जना रहेका छन् । ग्रामीण अल्टासाण्ड ८ जना, पाठेघर चेकजाँच ११ जना र जटिल खालका विरामी १२ जनाले स्वास्थ्य सेवा लिएका छन् । वर्षौदेखि रोग पालेर बसेका कपिय नागरिकहरु वडामै स्वास्थ्य शिविर सञ्चालन भएपछि चेकजाच सहीत आफ्नो स्वास्थ्यको उपचार गर्न थालेका छन् ।

विभिन्न कारणले उपचारबाट बञ्चित भएका नागरिकहरुलाई लक्षित गरि सञ्चालन गरिएको शिविरबाट समयमै सेवा लिन सम्पूर्णलाई गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले आग्रह गरेका छन् । उपचारबाट कोही पनि नागरिक विचल्लीत नहुन भन्ने पालिकाको उद्देश्य सहीतले सञ्चालन गरिएको एकिकृत स्वास्थ्य शिविरबाट सबैले सेवा लिनुपर्ने बताए ।

शिविरमा गौमुल स्वास्थ्य शाखा संयोजक हरिशचन्द्र विक, घट्मुना आधारभूत अस्पतालमा डाक्टर रामनुज हाथि, स्वास्थ्य शाखा सीनियर अनमी रमा (थापा) रोकाया लगायतका स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा दिईरहेका छन् ।

गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएपछि स्थानीय खुशी भएका छन् । भने उपचार गर्नेको संख्या पनि बढ्दै गएको छ । एकिकृत स्वास्थ्य शिविर सबै वडामा दुई–दुई दिन सञ्चालन गरिने छ । शनिबार ४ नम्बर वडाको निलासैन मानकोट स्वास्थ्य चौकीमा र १८ र १९ गते ६ नम्बर वडाकोे घट्मुना आधारभूत अस्पतालमा सञ्चालन गरिने गौमुल स्वास्थ्य शाखाले जनाएको छ ।  



शुक्रबार १५, पुष २०७९ १२:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.