पीसविन सामुदायिक विकास परियोजनाको प्रभावकारिता बारे अनुगमन

नजिक न्युज संवाददाता    

पीसविन सामुदायिक विकास परियोजनाको प्रभावकारिता बारे अनुगमन

बाजुरा : पीसविन र गुड नेवर्स इन्टरनेशनलको सहकार्यमा सञ्चालित सामुदायिक विकास परियोजनाको प्रभावकारीता बारे अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया नेतृत्वको टोलीले कार्यक्षेत्रका विद्यालय र सहकारी संस्थाको अनुगमन गरेको हो ।

परियोजनाले सञ्चालन गरेका गतिविधी र सञ्चालित कार्यक्रमबाट प्राप्त उपलब्धी बारे जानकारी लिन अनुगमन गरिएको पीसविन परियोजना अधिकृत टेकबहादुर थापाले बताएका छन् । जनकल्याण बहुदेश्यीय सहकारी संस्था र महेन्द्र आधारभुत विद्यालयको स्थलग अनुगमन गरिएको थापाको भनाई छ । 

कार्यक्षेत्रमा गरिएको लगानी अनुसारको प्रतिफल देखिएको जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले बताएका छन् । परियोजनाले विपन्न बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणको समेत जिम्मेवारी लिएको र सहकारी मार्फत परिवारलाई समेत सहुलियत ऋणमा व्यवसाय सञ्चालन गर्ने विषय निकै प्रभावकारी देखिएको प्रमुख रोकायाले बताएका छन् ।

पीसविनले जनकल्याण बहुदेश्यीय सहकारी संस्थालाई २५ लाख अनुदान दिएर व्यवसाय सञ्चालनमा ऋण लगानी गरिरहेको छ । भने विद्यालयमा विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग, स्वास्थ्य उपचार, पोशाक सहीतको सम्पूर्ण सहयोग गर्ने गरेको छ । 

अनुगमन टोलीले सहकारीका सचिव मोहनराज जैशी, प्रबन्धक यज्ञ शाह सहीतको टोलीसँग छलफल गरेको छ । भने विद्यालयका प्रअ, शिक्षक र सेवापाएका व्यवसायीसँग पनि छलफल गरिएको छ । 

समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बुढीगंगा नगरपालिकाका कार्यबाहक नगर प्रमुख हेमराज जैशी, गैर सरकारी संस्था महासंघका अध्यक्ष कृष्ण अधिकारी, पीसविन अध्यक्ष विमला थापा, सहीतका परियोजनाका अधिकृतहरुको सयुक्त टोलीले अनुगमन गरेको हो ।  

सामुदायिक विकास परियोजना बुढीगंगा र खप्तड छेडेदह गाउँपालिकामा सञ्चालनमा रहेको छ । जसमा २ हजार बढी विद्यार्थी, २ दर्जन बढी विद्यार्थी, ५ सय बढी अभिभावक र आधा दर्जन सहकारी परियोजनासँग प्रत्यक्ष जोडिएका छन् ।

No description available.



सोमबार ११, पुष २०७९ ०८:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.